सहायक सामग्री लिएर अपाङ्गता भएका व्यक्तिको घरमा देउमाईका प्रमुख पोख्रेल

  राम योङहाङ
161 Shares

इलाम : निर्वाचनका बेला प्राय सबैजसो नेताहरु विभिन्न आश्वासन बाँड्दै जनताको घरघर पुग्छन् । निर्वाचन पश्चात पराजित नेताहरु त गाउँ फर्कदैनन्, निर्वाचित प्रतिनिधिहरु समेत जनताका घरमा नपुग्ने जनगुनासो आउने गरेको छ ।

तर, जिल्लाको देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोखरेल यतिबेला जनताको घरघर पुगेका छन् । उनी जनतामाझ कुनै आश्वासन बाँड्न एवम् मत माग्न भने पुग्नुभएको होइन । उनी त, नगरभित्रका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गर्दै गाउँघर पुगेका हुन् ।

नगरभित्रका प्रत्येक टोलमा शारीरिक अपाङ्ता भएका व्यक्तिहरुलाई साहायक सामग्री वितरण गर्न हिँडेका हुन् । नगरपालिकाले पहिलो चरणमा १७ जनालाई ह्वील चियर, सात जनालाई ट्वाइलेट चियर र दुई जनालाई लठ्ठी वितरण गरेको छ ।

नगरपालिकाका तर्फबाट शारीरिक अपाङ्ता भएका व्यक्तिहरुलाई जीवनयापन गर्न सहज होस् भन्ने उद्देश्यले टोलटोलमा पुगेर सहायक सामग्री वितरण गरिएको नगर प्रमुख पोख्रेलले बताए ।

‘हामीले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई जीवनयापनमा सहज र सहयोग पुर्‍याउने उद्देश्यले ह्वील चियर वितरण गगरेका हौं’ उनले भने, ‘अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा बाँच्न नगरपालिले अपाङ्गमैत्री वातावारण सिर्जना गर्ने प्रयास गरिरहेको छ ।’

सहायक सामग्री पाएपछि अपाङ्गता भएका व्यक्तिहरु खुसी भएका छन् ।

देउमाई नगरपालिकाले नगरभित्रका लक्षित वर्षका लागि विभिन्न कार्यक्रम सञ्चाल गर्दै आएको छ । देउमाईले नेपाल सरकारबाट मासिक भत्ता पाउने ‘क’ र ‘ख’ वर्गका बाहेक ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई समेत मासिक रु पाँच सय उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी ज्येष्ठ नागरिकलाई पोसाक भत्ता वार्षिक दुई हजार, एकल पुरुष भत्ता मासिक एक हजार, अविवाहित एकल महिला ४५ वर्ष माथिकालाई मासिक एक हजार, तेस्रो लिङ्गीलाई मासिक पाँच सय, सुत्केरी प्रोत्साहन खर्च पाँच हजार, दाहसंस्कार खर्च पाँच हजार र दीर्घ रोगीहरुलाई एकपटक पाँचहजार उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार