अरुणको विकासका लागि साझा धारणासहित प्रतिवद्ध हुन आव्हान

  नयाँ बुलन्द
245 Shares

भोजपुर : अरुण गाउँपालिकाको समग्र विकासका लागी व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर तत क्षेत्रबाट लागि पर्न अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले सबैलाई आव्हान गरेका छन् ।

शुक्रबार गाउँपालिकाको आर्थिक वर्ष ०८०/०८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले यस्तो बताएका हुन् ।

“पालिकाको समग्र विकास निमाणर्का लागि हामीले सकरात्मक भूमिकासहित एकजुट भएर लाग्नु पर्दछ । हामीसगँ सिमित श्रोत र साधन छ, यसले जनताको असीमित मागहरु सम्बोधन गर्न कठिनाई हुन्छ । तपाई हामीले व्यक्तिगत तथा संस्थागत पहलमा प्रदेश र संघीय सरकारबाट योजनाहरु ल्याउन सकेमा थेरै समयमा नै गाउँको विकास हुन्छ” उनले भने, “पालिका स्तरबाट शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायात, सडक पुर्वाधार लगायत विकासका पुर्वाधारको क्षेत्रका प्रगति तथा अपेक्षित उपलब्धिहरु हासिल हुँदै आएका छन् । भने, सुशासन,पार्दशीता, प्रभावकारीता र नागरिक चासोका विषयमा समेत हामी सजग छौँ ।”

कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य लोकमणी ढकालले आगामी दिनमा पालिकासँगै वडास्तरीय सार्वजनीक सुनुवाई कार्यक्रम सञ्चालन गर्न सबै वडाध्यक्षहरुलाई आग्रह गर्नुभयो । साथै उहाँले कृषि क्षेत्रको विकासका लागी ग्रामीण उद्यम, कृषी उपज बजारीकरण तथा आपुर्तीका लागि कृषि एम्बुलेन्स सञ्चालन, चिस्यान केन्द्र निमाणर् लगायतमा ध्यान दिन आग्रह गरे ।

गाउँपालिका उपाध्यक्ष विनिता ढकालले संघ, प्रदेश र स्थानीय तहविचको अधिकारका बारेमा अन्योल भएका कारण काम गर्न केहि बाधा भएपनि स्थानीय तहलाई प्रदान गरेको कानुनका आधारमा जनतालाई सेवा प्रवाह गर्दै आएको बताए । साथै उहाले पालिका क्षेत्रमा सञ्चालित योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन भएको समेत दावी गरे ।

यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खतिवडाले सार्वजनिक सुनुवाईमा उठान भएका विषयले थप कार्य सञ्चालनमा सहजता हुने बताए । पालिका भरीका स्थानीयहरुले दिएको प्रतिक्रियाका आधारमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने छौँ । कार्यक्रमको चरणमा सहभागीले गरेका प्रश्नहरुको उत्तर दिदै स्थानीय पाठ्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन, फुसको छानो, शिक्षा क्षेत्रको सुधार, स्थानीय टेम्पे तथा सवारी भाडा, सहकारी ऐन निर्माण लगायतमा आफूहरु लागि पर्ने बताए ।

त्यस्तै नेकपा एमाले अरुण गाउँपालिकाका अध्यक्ष नारायण घिमिरेले पालिकामा भएको जेसीबी, एम्बुलेन्सको सञ्चालन, रसायनीक मलको पर्याप्तता, प्रधानमन्त्री रोजगारमा छनौट, फुसको छानो, गाउँपालिका भवन विवाद लगायत विषय उठान गरेका थिए । नेपाली काङग्रेसका सचिव राम आर्चायले पालिकाले सहकारी सञ्चालन सम्बन्धी ऐन, नीति नियम तथा कानुन बनाउन तथा निमाणर् भएका कानुन संशोधन गर्न आवश्यक रहेको उल्लेख गरे । साथै उहाले योजना सम्झौता समयमै गर्नुका साथै प्रभावकारी लागत स्टिमेट निमाणर्मा जोड दिन समेत सुझाए ।

यता, कविता राईले महिला, बालबालीका तथा जेष्ठ नागरीक लगायत विषयगत क्षेत्रमा बजेट व्यवस्थापन कमजोर भएको र यसलाई आगामी दिनमा सुधार गर्न सुझाए । लक्ष्मी अधिकारीले स्थानीय सरकारले लिदै आएको घरघुरी कर जस्ता राजस्व शुल्क घटाउन आग्रह गरे ।

राजन श्रेष्ठले जग्गा वर्गीकरणसँगै पालिका भरी गुड्ने सवारी साधनका लागी भाडादर निर्धारण गर्न माग गने ।

त्यस्तै बलबहादुर दाहालले अपांगता भएका व्यक्तिहरुका लागी पालिकाले कुनै विशेष कार्यक्रम सञ्चालन गर्न नसकेको आरोप लगाउदै अपांगता भएका व्यक्तिले पाउनुपर्ने सेवा सुविद्या र राज्यको निति निमाणर् लगायत क्षेत्रमा अपांगता भएका व्यक्तिहरुको सहभागीता गराउन माग गरे । लक्ष्मी खत्रीले पालिकाले बालमैत्री सूचक परिपालना सगैँ बालबालिकाको हक, अधिकारी सुनिश्चीतताका लागी आवश्यक रहेको बताए ।

त्यस्तै बबिन्द्र रसाइलीले स्थानीय जनतासँग सम्बन्धित विकास निमाणर्मा जोड दिँदै याकुको वडा भवन निमाणर्मा लागी पर्न सबैलाई आग्रह गरे । चुडामणी दाहालले स्थानीय नागरिकहरुलाई जग्गा वर्गीकरणको विषयले धेरै समस्या भएको उल्लेख गर्दै यसमा जानकार रहन जनप्रतिनिधि र कर्मचारी सबैलाई आग्रह गरे ।

सहभागीहरु सुजन खम्बुले, खेम भुजेल, दघिराम गौतम, इश्वर भण्डारी, मिलन कुमार राई लगायत अन्य सहभागीहरुले पालिका भरीको सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर विकासमा पालिकाले योजनावद्ध अगाडि बढन् आग्रह गर्दै पालिका क्षेत्रमा कम्तीमा एउटा प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न माग गरे ।

सार्वजनिक सुनुवाई कार्यक्रममा पालिका स्थित सम्पुणर् सरोकारवाला, नागरीक समाज, राजनैतीक दल, सरकारी एंव गैरसरकारी निकाय, शैक्षिक संस्थाका प्रमुख एंव प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार