पत्रकार युद्धबहादुर बोहोराको अगुवाइमा संकलित १ लाख ६६ हजार रुपैया स्व. नेपालीको परिवारलाई हस्तान्तरण

  नयाँ बुलन्द
2.2k Shares

घुर्बिसे पञ्चमीः  कतार पुगेको चार महिना नबित्दै निधन भएका जापान नेपाली भनेर चिनिने (अविन्द्र दर्जी) को परिवारलाई एक लाख ६६ हजार ३३० रुपैया हस्तान्तरण गरिएको छ ।

पत्रकार युद्धबहादुर बोहोराको अगुवाइमा घुर्बिसे पञ्चमी,दक्षिण कोरिया र मलेसियाबाट संकलन गरिएको  रकम मृतक नेपालीको परिवारलाई प्रदान गरिएको हो । पाँचथरको फाल्गुनन्द ७ घर भइ हाल घुर्बिसे पञ्चमी बस्दै आएका ३३ वर्षीय नेपाली वैदेशिक रोजगारीका क्रममा पुस ९ गते बिहान कतारस्थित हामद इन्टरनेशनल हस्पिटलले मृत घोषणा गरेपछि पौष १५ गते नेपाल ल्याई १६ गते अन्तिम दाहासंस्कार गरिएको थियो ।

साना दुई छोरा र श्रीमती भएका मृतक नेपालीको आर्थिक अवस्था निकै कमजोर छ । साथै कमाउने रहरमा विदेशमा गए लगत्तै जीन्दगी नै समाप्त भएपछि परिवारलाई जीवन गुजारा गर्न र काजकिरिया गर्न थोरै भएपनि राहत पुगेस् भन्ने हेतुले रकम संकलन गरि उनीहरुलाई बुझाइएको हो । दिलकुमार नेपालीले मलेशियाबाट,मणि चन्द्र घतानेले कोरियाबाट साथै फाल्गुनन्द  एकता समाज मलेसियाबाट माङ चेम्जोङ र घुर्बिसे पञ्चमीमा पत्रकार बोहोरासहित समाजसेवी विनोद आङ्देम्बे र स्थानीयबासी प्रकाश खड्काको नेतृत्वमा संकलन गरिएको जनाइएको छ ।

प्राप्त आर्थिक सहयोगको विवरण-

घुर्बिसे पञ्चमीबासीबाट- ८८५००/-

दक्षिण कोरियाबाट

सरोज रहपाल १०५००/-

मणिचन्द्र घताने १००००/-

मनिन्द्र रहपाल ५०००/-

राजन रहपाल ५०००/-

थीर बहादुर निरौला ५०००/-

रमेश बस्नेत ५०००/-

आशिस चेम्जोङ ५०००/-

सन्तोष बोहोरा ३०००/-

थेम्स लुम्बु २५००/-

इन्जोए सुब्बा २०००/-

जम्मा-   ५१०००/-

मलेसियाबाट

दिलकुमार नेपाली ३०००/-

अर्जुन नेपाली ३०००/-

राजेश नेपाली २७९५/-

ठगेन्द्र परियार २७९५/-

माङ चेम्जोङ २७९५/-

दिपेन्द्र नेपाली १३९५/-

रमेश बगदास १०५०/-

जम्मा-     १६८३०/-

फाल्गुनन्द एकता समाज मलेसियाबाट १००००/-

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार