माङसेबुङ-३ बाघमारामा एमाले परित्याग गरी माओवादीमा, साम्बाको अध्यक्षतामा टोल समिति

  नयाँ बुलन्द
2.3k Shares

माङसेबुङ : इलामको माङ्सेबुङ गाउँपालिका-३ स्थित बाघमारा टोलमा नेकपा (एमाले) का कार्यकर्ताहरु पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

बिहीबार नवप्रवेशीहरुको भेलाले महेश्वर साम्बाको अध्यक्षतामा १५ सदस्यीय टोल समिति गठन गरेको छ ।

समितिका सचिवमा सुनिल लिम्बू चयन भएका छन् । सदस्यहरुमा बुद्ध लिम्बू, मनविर लिम्बू, खड्गबहादुर शेर्मा लिम्बू, चन्द्र माखिम लिम्बू, अनिल दर्जी, भीम लिम्बू, अप्सरा दर्जी, बगलध्वज लिम्बू, विराज लिम्बू, लक्ष्मी शिवा, अशोक लिम्बू, प्रेम लिम्बू र सुखमाया लिम्बू चयन भएका छन् ।

भेलामा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा कुशल, प्रदेश सदस् एवम् माङसेबुङ इन्चार्ज लक्षुमन राई जनमलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार