माओवादी केन्द्र माङसेबुङ-२ को वडा सम्मेलन, अध्यक्षमा राई निर्वाचित

  नयाँ बुलन्द
553 Shares

माङसेबुङ : नेकपा (माओवादी केन्द्र) माङसेबुङ गाउँपालिका-२ वडा समितिको सम्मेलन बुधबार इभाङमा सम्पन्न भएको छ । सम्मेलनले गोपाल राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ वडा समिति निर्वाचित गरेको छ ।

समितिका उपाध्यक्षहरुमा पूर्ण काफ्ले, युवराज जवेगू र हस्तबहादुर काफ्ले निर्वाचित भएका छन् । सचिवमा अशोक राई, सहसचिवमा हरी राई र कोषाध्यक्षमा पुष्पा राई निर्वाचित भएका छन् ।

सदस्यहरुहरुमा सुनिता राई, हर्क राई, देउकुमार राई, मनबहादुर राई, मुस्कान राई, दिपक राई, विमल दास, गणेश शंकर, ज्ञानु राई, रामचन्द्र लिम्बू, डम्बर आले, यामबहादुर श्रेष्ठ, पूर्ण वजेगू, उदय लिम्बूलगायत निर्वाचित भएका छन् । ८ जना कार्यसमिति बैठकले मनोनित गर्ने जनाईएको छ ।

अखिल नेपाल किसान संगठनको वडा समिति गठन

यसैबीच अखिल नेपाल किसान संगठनको वडा समिति गठन भएको छ ।

बेदबहादुर खत्रीको संयोजकत्वमा यामबहादुर श्रेष्ठ, डम्बर आले, दिपक राई र निरबहादुर खड्का सदस्य रहेको अखिल नेपाल किसान संगठनको वडा समिति गठन भएको हो ।

वाईसीएलको वडा समिति गठन

यस्तै, रामचन्द्र लिम्बूको संयोजकत्वमा वाइसीइलको वडा समिति गठन भएको छ ।

सदस्यहरुमा ज्ञानु राई, गोकुल राई, धनकुमार राई, महेन्द्र राई र गणेश शंकर चयन भएका छन् ।

निवर्तमान वडाअध्यक्ष प्रेम सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव हरी राईले गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा कुशल, प्रदेश सदस्य एवम् इलाम इन्चार्ज हर्कबहादुर लावती कान्छा, प्रदेश सदस्य एवम् इलाम संयोजक विजय खम्बू, प्रदेश सदस्य एवम् माङसेबुङ इन्चार्ज लक्षुमन राई जनम, माङसेबुङ अध्यक्ष पृथीमान जवेगू, उपाध्यक्षहरु नरबहादुर आङदेम्बे र समिक्षा खड्का, पूर्व कोषाध्यक्ष उमिरन राई,  वडा नं. १ का अध्यक्ष बसन्त योङहाङ, पूर्व अध्यक्ष प्रकाश बुढाथोकी, वडा नं. २ का पूर्व अध्यक्ष उमाकान्त कार्कीलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार