इलाम : इलामको माङसबुङ गाउँपालिका-३ स्थित फुलुङ्गीमा माघे सङ्क्रान्तिको अवसर पारेर मकर मेला लाग्ने भएको छ ।
माई नगपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकाको संगमस्थलमा पर्ने फुलुङ्गीमा माघे सङ्क्रान्ति सत्यहाङ्मा शान्ति मकरस्नान लाधुङसेमी महान् मेला समारोह २०८० को आयोजनमा मेला लाग्ने भएको हो ।
मेलाको अवसरमा विभिन्न जातजातिका साँस्कृतिक झाँकीहरु प्रस्तुत गरिने जनाइएको छ ।
त्यस्ता झाँकीहरुमा धान नाच, ख्याली, हाक्पारे, माङलुङ, केलाङ, सकेला, सेलो वालन, संगेनी, मारुनी, येवालाङ, हुर्रा लगायन प्रदर्शन गरिने भएको छ ।
राष्ट्रिय विभुति फाल्गुनन्दले गुफा साधना र ज्ञान प्राप्ति गरेको भनिएको खत्रक्पा र फुलुङ्गी क्षेत्रमा यसपालीदेखि मेला लगाउन थालिएको हो । सो स्थानमा २०२७ भदौ १ देखि माघ मसान्तसम्म धर्मगुरु आत्मानन्द लिङ्देनले गुफा साधना गरेको जनाइएको छ ।