इलाम : इलाममा बढ्दो आत्महत्याको घटनाले विकराल रूप लिँदै गएको छ । जिल्लामा आत्महत्या रोकथामका लागि विभिन्न प्रयास भए पनि घटना न्यूनीकरण भने हुन सकेको छैन । आत्महत्याका घटनाम न्यूनीकरणमा उपलब्ध हासिल हुन नसकेको एक तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामको तथ्यांकअनुसार पाँच वर्षमा ५ सय ८९ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा युवा, वयस्क त छँदै थिए, बालबालिका र ज्येष्ठ नागरिकले समेत आत्महत्या गरेका छन् ।
प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०–०८१ को पाँच महिनामा मात्र ५३ जनाले आत्महत्या गरेका छन् । चालु आव साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा सबैभन्दा बढी झुन्डिएर ५० जनाले आत्महत्या गरेका छन् । त्यसैगरी आगो लगाएर, करेन्ट लगाएर र हातहतियार औजारबाट एक–एक जनाले आत्महत्या गरेका छन् ।
पाँच महिनाको अवधिमा भएको आत्महत्याको तथ्यांकले आत्महत्या समस्याको रूपमा विकराल बन्दै गइरहेको देखाएको हो । इलामको आत्महत्यासम्बन्धी पाँच वर्षको तथ्यांकलाई हेर्दा यस्ता घटना कुनै वर्ष बढ्ने र कुनै वर्ष घट्ने क्रम रहेको पाइएको छ । प्रहरीको तथ्यांक अनुसार गत आव ०७९–८० मा १ सय १९ जनाले आत्महत्या गरेका छन् । जसमा सबैभन्दा धेरै झुण्डिएर १ सय १२ जनाले आत्महत्या गरेका छन् । त्यस्तै विष सेवन गरेर चार, करेन्ट लागेर दुई र हातअतियार औजारबाट एक जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
अघिल्लो आव २०७८–०७९ मा १ सय २८ जना, २०७७–०७८ मा १ सय १९ जना, २०७६–०७७ मा १ सय २२ र २०७५–०७६ मा १ सय १ जनाले आत्महत्या गरी देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश सुब्बाले जानकारी दिए । पाँच वर्षको तथ्यांक हेर्दा विगतको तुलनामा आव २०७८–०७९ मा वृद्धि भई ०७९–०८० मा केही घटेको देखिन्छ ।
आत्महत्या गर्नेहरूमा १८ वर्षमुनिका र ६० वर्ष माथिका समेत छन् । बदलिँदो सामाजिक संरचना र परिवेशसँगै आत्महत्याको क्रम पनि बढ्दै गएको पाइएको प्रहरीले जनाएको छ । आत्महत्याका अधिकांश घटना मानसिक स्वास्थ्य समस्यासँग जोडिने भए पनि आत्महत्यालाई अपराधको रूपमा लिइने हुँदा यस्ता घटना हुन नदिन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने प्रनाउ सुब्बाको भनाइ छ ।
आत्महत्या गर्नुका पछाडि शारीरिक, मानसिक तथा दीर्घ रोग, पारिवारिक कलह, माया प्रेममा धोका, अवैध सम्बन्ध, गरिबी, ऋण, बेरोजगार, कुलत, अत्यधिक मादकपदार्थ सेवन, क्षणिक आवेश, नैराश्यता, एक्लोपन, घरेलु हिंसा आदि प्रमुख कारणहरू रहेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।आत्महत्याको अर्को कारण सामाजिक सञ्जाल पनि बन्न पुगेको छ । प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जालको प्रयोगले समेत मानिसहरूलाई एकोहोरो बनाएका कारणसमेत अहिले आत्महत्यासमेत बढ्दै गएको पाइएको छ ।
आत्महत्याको क्रम पनि बढ्दै गएको पाइएको प्रहरीले जनाएको छ ।
आत्महत्याका अधिकाशं घटना मानसिक स्वास्थय समसम्यासँग जोडिने भएपनि आत्महत्यालाई अपराधको रुपमा लिइने हुँदा यस्ता घटना हुन नदिन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने प्रनाउ सुब्बाको भनाई छ ।
आत्महत्या गर्नुका पछाडी शारीरिक, मानसिक तथा दीर्घ रोग, पारीवारिक कलह, माया प्रमेमा धोका, अवैध सम्बन्ध, गरिबी, ऋण, बेरोजगार, कुलबत, अत्यधिक मादकपदार्थ सेवन, क्षणिक आवेश, नैरास्यता, एक्लोपन, घरेलु हिंसा आदि प्रमुख कारणहरु रहेको उहाँले बताउनुभयो ।
आत्महत्याको अर्को कारण सामाजिक सञ्जाल पनि बन्न पुगेको छ । प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जालको प्रयोगले समेत मानिसहरुलाई एकोहोरो बनाएका कारण समेत अहिले आत्महत्या समेत बढ्दै गएको पाईएको छ । आगामी दिनमा आत्महत्याको घटना नहुन भन्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने उहाँको भनाई छ । —