
इलाम : नेकपा (एमाले) इलामले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन थालेको छ । एमाले स्कुल विभागको आयोजनामा जनप्रतिनिधिलाई गत १५ पुसदेखि प्रशिक्षण दिन थालेको एमाले इलामले जनाएको छ ।
एमालेले नगर प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरूलाई एक दिवसीय प्रशिक्षण दिदैं आएको हो ।
एमाले इलामका अध्यक्ष, पार्टी जिल्ला स्कूल विभागक प्रमुख तथा प्रतिनिधि सभा सदस्य माननिय महेश वस्नेतको नेतृत्वमा फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका, रोङ गाउँपालिका, सन्दकपुर गाउँपालिका, इलाम नगरपालिका भित्रका जनप्रनितिनिधिलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको एमाले उपाध्यक्ष उदय राईले बताए ।
जनप्रतिनिधि र पार्टीको सम्वन्ध समाजवाद प्राप्तिमा जनप्रतिनिधिको दायित्व, स्थानिय सरकारको कानुन निर्माण सिमा र प्रकृया, बजेट तथा योजना निर्माण प्रक्रिया, सिमा, समन्वय र अनुगमनका विषयमा पशिक्षण दिइरहेको छ ।






















































