इलामको माङसेबुङमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

  नयाँ बुलन्द
868 Shares

माङसेबुङ : ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’, भन्ने मूल नाराका साथ १५ औं पालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबारदेखि इलामको माङसेबुङ गाउँपालिमा सुरु भएको छ ।

माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदानमा सुरु भएको प्रतियोगिको उद्घाटन जिल्ला समन्वय समितिका इलामका प्रमख जयप्रकाश राईले गरे । प्रतियागिताको उद्घाटन गर्दै जिसस प्रमुख राईले यस प्रकारको प्रतियोगिताले राष्ट्रियस्तरको खेलाडी उत्पादनमा सहयोग पुग्ने विचार व्यक्त गरे ।

चिसोपानी माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको लगायतका खेलाहरुमा प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा माङसेबुङका सात सामुदायिक र एक संस्थागत विद्यालयको सहभागिता छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा भएको कार्यक्रममा जिसस प्रमुख राईसहित उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोद चौहान, जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोला, समितिका कार्यालय प्रमुख नारायण भट्टराई, कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक योगेश चाम्लिङ, माङ्सेबुङ युवा तथा खेलकुद समिति अध्यक्ष योङहाङ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धि खतिवडालगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार