राँके-घुर्बिसे पञ्चमी खण्डमा बिछ्याइएको टेकमाइण्ड्स नेटवर्कको दुई हजार मिटर फाईवर तार चोरी

प्रयोगकर्तालाई पटकपटक सास्ती

  युद्धबहादुर बोहोरा
2.6k Shares

घुर्बिसे पञ्चमीः इलाम पाँचथरको सिमानामा पर्ने राँकेदेखि घुर्बिसे पञ्चमी खण्डमा बिछ्याइएको टेकमाइण्ड्स नेटवर्कको करीब दुई हजार मिटर फाईवर तार चोरी भएको छ । टेकमाइण्ड्स प्रालि इलाम सपोर्ट स्टेशन मार्फत विछ्याईएको ट्रंक लाईन तथा ग्राहकलाई वितरण गरिएको इन्टरनेट सेवाको लागि विस्तार गरिएको एक हजार सात सय मिटर (१२ कोर)   फाईवर तार पौष ८ र २० गते चोरी भएको कम्पनीले दावी गरेको छ । राँके-रवि सडकको देउराली बजारदेखि घुर्बिसे पञ्चमी बीच यसै क्षेत्रमा पटक-पटक ज्वाइन्ट बक्स नै काटेर लैजाने,तार चोरी गर्ने र इन्टरनेट सेवा पनि अवरुद्ध गरेको आरोपसहित जिल्ला प्रहरी कार्यालय इलाममा कम्पनीले उजुरी हालेको छ । अनुचित कार्यमा संलग्न व्यक्ति वा संस्थालाई खोजी गरि क्षर्तिपूर्ति तथा कार्वाही गरि दिन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय इलाम र नेपाल दूरसंचार प्राधिकरण काठमाण्डौलाई बोधार्थ समेत दिएको टेकमाइण्ड्स नेटवर्क प्रालिका प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र थापाले जानकारी दिए ।

२०७७ सालबाट यस क्षेत्रमा उक्त कम्पनीले विस्तार गरेको इन्टरनेट सेवा इलामको फाकफोकथुम गाउँपालिका कार्यालय,विभिन्न वडा तथा स्थानीयबासीहरुले प्रयोग गर्दै आएको जनाइएको छ । बारम्बार अज्ञात व्यक्ति तथा समुहले अवरोध पुर्याएपछि प्रयोगकर्ताले सास्ती खेप्नु परेको फाकफोकथुम ३ नम्बर वडाका कर्मचारी रोमी मगर बताउँछन् ।

हरेक समय दुःख दिने कार्यबाट प्रयोगकर्तालाई पर्न गएको समस्या समाधान गर्न कम्पनीले स्थानीयबासी,सरोकारवाल,फाक्तेप प्रहरी चौकी र चिलिङदिन प्रहरी चौकी राँकेलाईसमेत निगरानीका लागि हारगुहार मागेको छ । साथै यस किसिमको अराजक गतिविधि कसैले पनि नगरिदिन अपिल गर्दै हाल मर्मतमा गरिरहेको इलाम सपोर्ट स्टेशनका प्राविधिक इन्चार्ज हेम थापाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार