माङसेबुङ-१ मा विभिन्न पार्टी परित्यागग गरी १८ जना माओवादी केन्द्र प्रवेश

  नयाँ बुलन्द
1.4k Shares

माङ्सेबुङ : इलामको माङसेबुङ गाउँपालिका-१ मा विभिन्न पार्टी परित्या गरी १८ जना नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टीलगायत परित्याग गरी बमबहादुर लिम्बूको नेतृत्वमा माओवादी प्रवेश गरेका हुन् ।

शनिबार जनतासँग माओवादी बिषेश रुपान्तरण अभियान समापनको अवसरमा आयोजित वडा सम्मेलनमा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा बमबहादुरसहित अमृत लिम्बू, मंगेश लिम्बू, टेकसिंह लिम्बू, तेजबहादुर लिम्बू, रविन लिम्बू, धनकुमार लिम्बू, सौगात लिम्बू, मनकुमार लिम्बू, मनिकुमार माबो, अनिस माबो, खेमराज लिम्बू, अशोक लिम्बू, आशिका लिम्बू, रितु लिम्बू, केशर बराईली र रेस्मी लिम्बू रहेका छन् ।

उनीहरुलाई माओवादी केन्द्र केन्द्रीय सदस्य तथा इलाम इञ्चार्ज कुलप्रसाद साम्बा कुसल, सहइन्चार्ज हर्कबहादुर लावती कान्छा, इलाम संयोजक विजय खम्बू, मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम, माङसेबुङ इन्चार्ज लक्षुमन राई जनम, माङसेबुङ अध्यक्ष पृथीमान जवेगू, उपाध्यक्ष नरबहादुर आङदेम्बे, सचिव भूपाल योङहाङ, रिर्टनी नेपाल झापा अध्यक्ष सुवास मैनालीलगायतले स्वागत गरेका थिए ।

सम्मेलनले गोविन्द लिम्बूको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।

नवनिर्वाचित समितिका उपाध्यक्षमा कृष्णराज सुब्बा (किरण), सचिवमा त्रिपेन राई, सहसचिवमा याम बहादूर सुब्बा र कोषाध्यक्षमा नौमाया मुखिया निर्वाचित भएका छन् ।

सदस्यमा दिलकुमार लिम्बु, रेश बहादूर मुखिया, तिलबहादूर लिम्बु, कलम श्रेष्ठ, टंक प्रसाद लिम्बु, दुर्जहाङ्ग लिम्बु, राम बहादूर निरौला, लिला प्रसाद लिम्बु, सिवकुमार राई, डिल्लि बहादूर थापा, विना थेवे, यदुकुमारी खड्का, सिर्जना मग्राती, बिमला राई, चन्द्रकला लिम्बु, रामचन्द्र श्रेष्ठ, चन्द्र बहादूर गजमेर, खम्बसिंह दियाली, गिता बराइली, खिना गजमेर, मनिला लिम्बु, धिरज राई, मनविर राई, आशिका लिम्बु, राम श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी सल्लाहाकार समिति संयोजकमा धनकर्ण लिम्बू चयन भएका छन् ।

कार्यक्रम तत्कालिन अध्यक्ष प्रकाश बुढाथोकीको अध्यक्षता र सचिव आसमान लिम्बुले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार