माओवादी केन्द्र माङसेबुङ १ को सम्मेलन सम्पन्न, अध्यक्षमा लिम्बू

  नयाँ बुलन्द
553 Shares

माङ्सेबुङ : इलामको माङ्सेबुङ्ग गाउँपालिकामा जनतासँग माओवादी पार्टी बिषेश रुपान्तरण अभियानको समापन भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा इलाम इञ्चार्ज कुलप्रसाद साम्बा (कुसल) को प्रमुख आथित्यतामा शनिबार रुपान्तरण अभियानको समापन भएको हो ।

अभियान समापनको अवसरमा  माओवादी केन्द्र माङ्सेबुङ १ नं. वडा समितिको  सम्मेलन सम्पन्न भएको छ ।  सम्मेलनले गोविन्द लिम्बूको अध्यक्षतामा नयाँ वडा समिति निर्वाचित गरेको छ । नवनिर्वाचित समितिका उपाध्यक्षमा कृष्णराज सुब्बा (किरण), सचिवमा त्रिपेन राई, सहसचिवमा याम बहादूर सुब्बा र कोषाध्यक्षमा नौमाया मुखिया निर्वाचित भएका छन् ।

सदस्यमा दिलकुमार लिम्बु, रेश बहादूर मुखिया, तिलबहादूर लिम्बु, कलम श्रेष्ठ, टंक प्रसाद लिम्बु, दुर्जहाङ्ग लिम्बु, राम बहादूर निरौला, लिला प्रसाद लिम्बु, सिवकुमार राई, डिल्लि बहादूर थापा, विना थेवे, यदुकुमारी खड्का, सिर्जना मग्राती, बिमला राई, चन्द्रकला लिम्बु, रामचन्द्र श्रेष्ठ, चन्द्र बहादूर गजमेर, खम्बसिंह दियाली, गिता बराइली, खिना गजमेर, मनिला लिम्बु, धिरज राई, मनविर राई, आशिका लिम्बु, राम श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी सल्लाहाकार समिति संयोजकमा धनकर्ण लिम्बू चयन भएका छन् ।

वडाअध्यक्ष प्रकाश बुडाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा इलाम इन्चार्ज कुसलसहित सहइन्चार्ज हर्कबहादुर लावती कान्छा, इलाम संयोजक विजय खम्बू, मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम, माङसेबुङ इन्चार्ज लक्षुमन राई जनम, माङसेबुङ अध्यक्ष पृथीमान जवेगू, उपाध्यक्ष नरबहादुर आङदेम्बे, सचिव भूपाल योङहाङ, रिर्टनी नेपाल झापा अध्यक्ष सुवास मैनालीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सचिव आसमान लिम्बुले गरेका थिए ।

कार्यक्रममा बमबहादूर लिम्बुको नेतृत्वमा १८ जना माओवादी केन्द्रमा पार्टीमा प्रवेश गरेका थिए ।

    

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार