त्रि-धार्मिक महोत्सवको तयारी तिव्र

  नयाँ बुलन्द
315 Shares


इलाम :  इलाम नगरपालिकाको सिङफ्रिङमा आयोजना हुने बृहद त्रिधार्मिक धार्मिक महोत्सवको तयारी तिव्र पारिएको छ । हिन्दुु, वौद्ध र किराँत धर्म मार्फत आयोजना हुने धार्मिक उत्सवलाई सफल पार्नकै निम्ति मूलुकका प्रतिष्ठित धर्मगुुरु पनि यस क्षेत्रमा उपस्थित भएर यज्ञ सफलताकालागि सहयोग गरिरहेका छन् ।

देशव्यापी अभियानमा निस्किएको मानव सेवा फाउण्डेशनका गुुरु वाल योगेश्वर विजयमूूर्तीजी महाराज यज्ञ आयोजना हुने स्थलमा आएर सफलताकालागि सहयोग प्रदान गरे ।
उनले यज्ञकालागि १ लाख ११ हजार १ सय ११ रुपैंयाँ प्रदान गरे । आयोजकहरुलाई निरन्तर साथ र सहयोग गर्ने वताउँदै उनले सिङफ्रिङसहित इलामका विभिन्न क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र वनाउन सकिने वताए ।

सिङफ्रिङ क्षेत्रमा बहुधार्मिक र बुहुुजातिय संग्राहलय निर्माण गर्नु पर्ने वताउदै उनले यसकालागि आफू र आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा धादिङ सल्यानटारस्थित नृसिंह धामका पिठादिस डाक्टर श्रीवास कृष्णदासब्रम्हचारीजी महाराजको पनि उपस्थिती थियो ।

उनले पनि धामिक महोत्सव सफलताकालागि सक्दो सहयोग गर्ने वताए ।
यसअघि सन्दकपुुर ५ जमुनामा गौरेश्वर शिवालय धाम निर्माणकालागि आयोजित यज्ञमा मूख्य भूमिका निर्वाह गरेका वाल योगेश्वरले धामकालागि थप १ लाख ११ हजार १ सय ११ रुपैंयाँ प्रदान गरे । मानव सेवा फाउण्डेशनले झक्तपुरमा जेष्ठ नागरिक आश्रम र ललितपुुरमा वाल आश्रम संञ्चालन गरिरहेको छ ।

इलाम नगरपालिका ८ र ६ नं. वडाको सीमामा रहेको श्री सिंह सिद्ध देवी पञ्चायन मन्दिरमा आउदो चैत्र १ देखि ९ गतेसम्म अठार पुराण समापन तथा इलाम धार्मिक महोत्सव २०८० को आयोजना हुुदैछ । जिल्लामा नै अहिलेसम्मको बृहद धार्मिक उत्सव गर्ने उदेश्यले आयोजकले तयारी गरिरहेका छन् ।

महोत्सव सफल पार्न १ हजार ९३ सदस्यीय मूूल आयोजक समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएको छ । धार्मिक महोत्सवमा मूूख्य वाचककोरुपमा चर्चित वाचिका राधिका दासीसहित तीन वटै धर्मका विशिष्ट गुुरुहरुको उपस्थिती हुनेछ ।
२०५९ माघ १५ गतेदेखि श्रीमद्भागत र बौद्ध धर्मको तोभाङ पाठको आयोजना गरेर अठार पुुरणको थालनी गरिएको आयोजक तथा

मन्दिर व्यवस्थापन समितिका सचिव रविन रायमाझीले वताए । यज्ञवाट वचेको रकमवाट त्यस क्षेत्रमा बहुधार्मिक र बहुजातिय संग्राहलय वनाउने योजना रहेको अध्यक्ष सर्दिप बुुढाथोकीले जानकारी दिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार