शहिद धिरेन स्मृति प्रतिष्ठानले जनयुद्धका घाइते सिक्समलाई १० हजारसहित सम्मान गर्ने

  नयाँ बुलन्द
525 Shares

इलाम : जनयुद्धका घाइते जनमुक्ति सेना अमरकुमार चेम्जोङ सिक्समलाई शहिद धिरेन स्मृति प्रतिष्ठानले नगद १० हजारसहित सम्मान गर्ने भएको छ ।

प्रतिष्ठान तदर्थ समितिका अध्यक्ष हर्क लावती कान्छाको अध्यक्षतामा बुधबार बसेको बैठकले घाइते योद्धा सिक्सामलाई जनयुद्ध दिवसको अवसरमा फागुन १ गते नगदसहिति सम्मान गर्ने निर्णय गरेको हो ।

सिक्साम २०६२ सालमा धनकुटा सदरमुकाम आक्रमणको क्रममा घाइते भएका थिए । उनको मेरुदण्ड भाँचिएको छ ।

पुर्ख्यौली घरु पाँचथरको नवमीडाँडा भएका उनी २०६८ सालदेखि चुलाचुली गाउँपालिका-१ कमलमा बस्दै आएका छन् ।

भर्खरैमात्र चुलाचुलीमा शहिद धिरेन स्मृति प्रतिष्ठान तदर्थ समिति गठन भएको हो । समितिका उपाध्यक्षमा

गजेन्द्र सुनुवार राम, सचिवमा न्यूसन राई, सहसचिवमा प्रेरणा राई र कोषाध्यक्षमा हरिमाया चेम्जोङ चयन भएका छन् ।

सदस्यहरुमा किष्ण अधिकारी, दिलु फागो,  दिलकुमार आङदेम्बे, नरेन्द्र राई, मानबहादुर रोक्का, सरस्वती आङदेम्बे, लालबहादुर कार्की र खम्बासिंह कार्की छन् ।

सल्लाहकारमारुमा मनिकुमार चेम्जोङ, धनबहादुर सुनुवार, बिरध्वज पागो, जगतबहादुर लिङदम, आदीमाया राई, शुभमाया राई, तिलप्रसाद आङथोपो, तुला लावती, पृती नारायण राई, दिपक श्रेष्ठ र नारायण निरौला छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार