इलाममा मेडिकल कलेज निर्माण हुने

निर्वाचित भए लगत्तै नगर प्रमुख केदार थापाको पहिलो निर्णय इलाममा मेडिकल कलेज

  नयाँ बुलन्द
11.5k Shares

इलाम : इलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) निर्माण हुने भएको छ । मगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले मेडिकल कलेज निर्माणका लागि इलाममा जग्गा प्राप्तिको विषय टुंगो लाग्ने चरणमा पुगेको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले प्रा. डा. गोविन्द केसीसँगको सम्झौता बमोजिम इलाममा मेडिकल कलेज निर्माण हुने बताए । यसका लागि जग्गा प्राप्ति विषय टुंगोमा पुग्न लागेको उनले जानकारी दिए ।

उता इलाम नगरपालिकाको प्रमुखमा निर्वाचित भए लगत्तै नगर प्रमुख केदार थापाले इलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) खोल्न पहल थालेका थिए । नगरपालिकाबाट निर्णय गरेर नै थापाले मेडिकल कलेजका लागि प्रक्रिया अगाडि सारेका थिए । उनको त्यो पहललाई इलामबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र विज्ञहरूले नगरपालिकाको कदममा साथ दिने प्रतिबद्धता समेत जनाएका थिए ।

एकीकृत समाजवादी नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, एमाले नेता एवं पूर्वसभामुख स्व सुवास नेम्बाङ सहित कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ संग भएको छलफलमा नगरपालिकाको कदमप्रति खुसी ब्यक्त गर्दै मेडिकल कलेज इलाममा स्थापनाका लागि सबैले आफ्नोतर्फबाट पहल गर्ने बताईएको थियो । नगरपालिकाले सुरुवातको चरणमै सरोकारवालालाई भेला गरी काठमाडौंमा नै छलफल चलाएको थियो। जस्मा सबै राजनैतिक दलका नेता देखि इलामका उच्च ओहोदमा रहेका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यता मेयर केदार थापाले नगरपालिकाको तर्फबाट आवस्यक कागजी प्रक्रियाहरु पूरा भइ अस्पताल बिकास समिति,प्रदेश सरकार बाट सिफारिस अगाडि बढी सकेको साथै यो बिसयमा प्रधानमन्त्री प्रचण्ड सग समेत छलफल भइ प्रधानमन्त्री समेत सकारात्मक रहेको बताए ।
उनले प्रतिष्ठानको डीपीआर बनाई संघ र कोशी प्रदेश सरकारलाई सहयोग गरिदिन उपलब्ध गराई सकेको समेत बताएका छन । मेयर थापाका अनुसार नगरपालिकाले बनाएको आर्थिक तथा जग्गा व्यवस्थापन सहयोग समितिले काम गरिरहेको छ ।
इलाम अस्पतालबाट पाँच किलोमिटर क्षेत्रमा जग्गा व्यवस्थापन गर्न सकिने देखिएको छ ।

‘इलाम साबिकको मेची अञ्चलको केन्द्रमा रहेको र राजनीतिक, सामाजिक, भौगोलिक, वातावरणीयलगायत थुप्रै अवसरहरू तथा पूर्वी भारतका दार्जिलिङ, सिक्किमलगायत क्षेत्रका बासिन्दाको पनि पहुँचमा भएकाले रणनीतिक रूपमा यसको सेवा क्षेत्र बृहत् छ’, थापाले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार