इलाम : मोरङको उर्लाबारबाट मधुमल्ला हुँदै इलामको साकफारा जोड्ने सडकको सरोकार समिति गठन भएको छ । चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको अध्यक्षतामा भएको बैठकले दिपक श्रेष्ठको अध्यक्षतामा ११ सदस्य सरोकार समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा शेरबहादुर तामाङ, सचीव कमल ढकाल, सहसचिव प्रदीप पौडेल र कोषाध्यक्ष रेवत बिष्ट चयन भएका छन् ।
त्यसैगरि राजन नेम्बाङ, मदन बुढाथोकी, मनोज सुवेदी, कुमार श्रेष्ठ, दिपेन थापा र सन्देश राई चयन भएका छन् ।