श्यामकुमारी स्मृति प्रतिष्ठानद्वारा ७८ विद्यार्थीलाई न्यानो कपडा वितरण

  नयाँ बुलन्द
819 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित वरभञ्ज्याङ आधारभूत विद्यालयका ७८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

स्थानीय श्यामकुमारी स्मृति प्रतिष्ठानले विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरेको हो । विद्यालयमा कार्यक्रम आयोजना गरी प्रतिष्ठानले विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेको हो ।

प्रतिष्ठानका संरक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपाल योङहाङको अध्यक्षता र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडालगायतको उपस्थिति थियो । कार्यक्रमको स्वागत प्रधानाध्यापक कृष्णबहादुर योङहाङले गरेका थिए  ।

श्यामकुमारी स्मृति प्रतिष्ठानले स्थानीय स्तरमा विभिन्न सामाजिक सेवाको काम गर्दै आएको छ ।  स्वर्गीय श्यामकुमारी योङहाङको स्मृतिमा उनको परिवारले प्रतिष्ठान स्थापना गरी सामाजिक काम गर्दै आएको छ । परिवारको तर्फबाट भीमबहादुर लिम्बू, भूपाल योङहाङ, योमप्रकाश लिम्बू, जितहाङ लिम्बू, मुना योङहाङ लिम्बू, जसोदा राई, मेनुका अधिकारी लिम्बू र ममता लिम्बूले प्रतिष्ठान स्थापना गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार