१२१औं इमानसिंह जयन्तीका अवसरमा गाउँखाने कथा प्रतियोगिता

  युद्धबहादुर बोहोरा
224 Shares

 

पाँचथर :  इतिहाँसकार एवं साहित्यकार स्व. इमानसिंह चेम्जोङको १२१ औं जन्म जयन्तीका अवसरमा घुर्बिसे पञ्चमीमा गाउँखाने कथा प्रतियोगिता सम्पन्न गरिएको छ ।

किराँत जातीका विज्ञ स्व. चेम्जोङको जन्म जयन्ती मनाउन घुर्विसे पञ्चमी माविको प्राङ्णमा आयोजित  कार्यक्रममा लोप हुँदै गएको गाउँखाने कथा भावी पिंडीलाई पनि सिकाउने उदेश्यसाथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । लिम्बु र नेपाली द्वैभाषिक २० वटा गाउँखाने कथाको उत्तर दिन पुधामलुङ,सेहोनाम्लाङ,पालुङमालुङ,सुमहात्लुङ र नाम्भुनयक गरी पाँच समुह सहभागी थिए । सेहोनाम्लाङ समुहमा अभिभावक र अन्य चार समुहमा विद्यार्थी प्रतिस्पर्धी रहेका मध्ये अभिभावक समुह प्रथम बनेको छ ।

यसैगरी नाम्भुनयक द्वतीय र पालुङमालुङ तृतीय भएको छ । वडा नम्बर ५ को आर्थिक सहयोगमा फाक्तेप युथ क्लब (पीवाइसी),सालिक संरक्षक समिति,थाक्थाकु मावोहाङ चेम्जोङ वशं उत्थान संघ,घुर्बिसे पञ्चमी मावि,शान्ति बाल विकाश बोर्डिङ स्कुल र इक्सा कुघेम्सीङ केलाङ समुह फाक्तेप-४ को संयुक्त आयोजना रहेको जनाइएको छ ।

घुर्बिसेमा रहेको इमानसिंहको शालिकमा फुलमाला, अविर पहिराइ उनको सम्झना गरिएसंगै प्रतियोगिता,ढोल नाच र उनको बारेमा चर्चा परिचर्चा गरिएको थियो । शालिक संरक्षण समितिका अध्यक्ष भगिरथ चेम्जोङको अध्यक्षतामा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख तथा उपाध्यक्ष ठाकुरसिंह नेम्वाङको विशेष आतिथ्यमा जयन्ती समारोह सम्पन्न भएको साथै गाउँखाने कथा प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुनेलाई अतिथिबाट पुरस्कृत गरिएको आयोजकले जनाएको छ । जनप्रतिनिधि,विद्यार्थी,विव्यस,अभिभावक र राजनितिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङको पहलमा मन्त्रालयबाट उपलब्ध पाँच र फाक्तेप गाउँ विकास समितिबाट दुई लाख गरि जम्मा सात लाख रुपैयाँमा शालिक निर्माण भएको थियो । २०६७ साल पौष १७ गते संस्कृती मन्त्री डाक्टर मिनेन्द्र रिजालद्वारा उद्घाटन गरिएको चेम्जोङको शालिक स्थापनादेखि जयन्ती समारोहको आयोजना गरिएकोसमितिले जनाएको छ ।

आधा शताब्दी भन्दा लामो समय किराँत भाषा, लिपि, साहित्य, संस्कृति, र इतिहास विषयमा खोज अनुसन्धानमा लागि परेका स्व.चेम्जोङ दार्जिलिङमा माद्यामिक शिक्षा अध्यनको क्रम देखिनै किराँत जाति, इतिहास, धर्म, भाषा, लिपी र साहित्यको खोज अनुसन्धान गर्दै दुई दर्जन बढी कृति प्रकाशन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार