अनेरास्ववियू (क्रान्तिकारी) सन्दकपुरको अध्यक्षमा साउदेन

  नयाँ बुलन्द
483 Shares

इलाम : नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) सन्दकपुरको अध्यक्षमा सुशिल साउदेन निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न प्रथम सम्मेलनबाट अध्यक्षमा साउदेन निर्वाचित भएका हुन् । उपाध्यक्षमा सन्दिपा लिम्बु र सन्ध्या लिम्बु, सचिवमा दिपसन राई, सहसचिवमा अमित राई र अप्सरा लिम्बु एवम् कोषाध्यक्षमा दबरा गुरुङ्ग निर्वाचित भएका छन् ।

सदस्यहरुमा सिर्जन लिम्बू, शिशिर गुरुङ, सुबिन राई, रोजित राई, प्रशुन राई, सौजन वि.क., जिना राई (क), अङ्किता राई, भाइचोङ तामाङ, पवित्र मुखिया, सन्ध्या मगर, सिखा राई, मिसन राई, सृष्टि राई, जिना राई (ख) निर्वाचित भएका छन् ।

त्यस्तै एकता राई, श्रेया राई, दर्शन गुरुङ, दिव्या राई, आशिका राई, दीक्षा लिम्बू, गौरव मगर, अविजन मगर, सन्दिप थापा, सुजन राई, विकास राई, निसान राई, सेन्चेन राई, दिपिका गुरुङ, सुजल वि.क., सुप्रीया राई निर्वाचित भएका छन् । ३ जना कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ ।

सम्मेलन आयोजक समितिको संयोजक रेविका राईको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं संगठनका पूर्व अध्यक्ष रन्जित तामाङ, इलाम संयोजक विजय खम्बू,  अनेरास्ववियू (क्रान्तिकारी) इलाम अध्यक्ष नयन बान्तावा, पार्टीका विभिन्न नेताहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार