इलाम : शताब्दी वचत तथा ऋण सहकारी संस्थाले सामाजिक क्षेत्रमा उल्लेख्य याेगदान गर्नेहरुलाई सम्मान गरेकाे छ ।
संस्थाको २१ औं साधारण-समा तथा २४ आै वार्षिक उत्सवको अवसरमा र लामो समयदेरिव स्वास्थ्य सेवा मार्फत योगदान पुरयाएका इलाम अस्पतालका टिका लुईटेल र व्यवसायी सर्मिला निराैलालाई सम्मान गरिएको हाे ।
सोही अवसरमाको एसईई र कक्षा ८ को परीक्षामा उत्कृष्ट विद्यार्थी, असल ऋणी, वचतकर्तालगायत संस्थाले अायाेजान गरेकाे राष्ट्रकाे विकासमा सहकारीको भूमिका विषयक वक्तृत्वकलाका विजेता तथा उप विजेता विद्यार्थीलाई प्रशसा-पत्र सहित पुरस्कृत गरिएकाे थियाे । पुरस्कृत गरियो। इलामकाे जेठाे मध्येको शताब्दीको कूल कारोबार २५ करोड र वचत – – १३ करोड रुपयाँ रहेकाे संस्थाका सचिव माेहन विष्टले जानकारी दिए । संस्थामा १६ सय २८ जना अावद्ध छन् ।
संस्थाका अध्यक्ष जीत वहादुर खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिकाकि उपमेयर विष्णु दाहाल, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव, भहराई, सम्मानीत सर्मिला, संस्थाका पूर्व अध्यच रविन्द्र श्रेष्ठ लगायतले आर्थिक गतिविधि कम हुदा व्यवसायी र कृषक मारमा परेकाले उनीहरुलाई राहत मिल्ने खालका कार्यक्रम ल्याउनु पर्ने वताए ।