सुनपाले लम्पिस्किन महामारीमा क्षति भएकाे पशु चौपायाकाे राहात रकम दिने

  नयाँ बुलन्द
28 Shares

इलाम : सुर्याेदय नगरपालिकाले लम्पिस्किन महामारीमा क्षति भएकाे पशु चौपायाकाे राहात रकम दिने भएकाे छ । नगरपालिकाकाे आठौ कार्यपालिका बैठकबाट राहत रकम वितरण गर्ने कार्यविधि पारित गरेकाे छ ।

जस अनुसार माउ गाई मरेकाे किसानलाई २० हजार रूपैया, काेरली गाइ मरेका किसानलाई १० हजार र गाेरू मरेकाे किसानलाई ५ हजार रूपैया राहात रकम दिने निर्णय भएकाे हो । नगरपालिकाले लम्पिस्किन राेग नियन्त्रण गर्न खाेप अभियानलाइ सघन रूपमा सञ्चालन गर्ने भएकाे छ ।

त्यसका लागि नगरपालिका अन्तरगत र निजी पशु प्राविधिककाे परिचालन गरिने छ । त्यस्तै किसानलाई स्वस्थ रूपमा पशुपालनकाे तालिम समेत गराइनेछ । लम्पिस्किन राेगबाट पशुधन क्षति भएका लाभग्राहि सिफारिस गर्न आर्थिक विकास समितिका संयाेजक देवेन्द्र शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरेकाे छ ।

समितिले लम्पिस्किन राेगबाट पशुधनमा क्षति भएका वास्तविक किसानकाे पहिचान गरेर राहतको लागि सिफारिस गर्ने छ ।

नगरपालिकाले लम्पिस्किन राेगबाट भएकाे छतिमा राहत वितरण, खाेप खरिद र चेतनामूलक कार्यक्रम गर्न नगरपालिकाले एक कराेड २५ लाख रूपैयाँ रकम विनियाेजन गरेकाे छ । नगरपालिकामा लम्पिस्किन राेगबाट सात सय ४४ गाईबस्तुकाे क्षति भएकाे छ ।

त्यस्तै नगरपालिकाले पशु र बालि बिमामा प्राेत्साहन गर्ने भएकाे छ । नगरपालिकाले पशु र बालि बिमामा किसानले ब्यहाेर्ने बिमा शुल्कको आधा रकम नगरपालिकाले व्यहोर्न नगर प्रवक्ता ख्याम भुजेलले बताए । बिमा प्राेत्साहनकाे लागि दश लाख रूपैया विनियोजन भएकाे छ । पशु र बालि बिमामा सरकारले ८० प्रतिशत अनुदान दिने गरेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार