इलाम :इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयले बन्द गराएका छन् । स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयद्धारा उत्पादन बन्द गराइएका हुन् ।
इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका बिचको माई खोलामा हाइड्रोपावर सञ्चालित छ । स्थानीयले खोलाको पानी हाइड्रोमा जान नदिई बगरमा पानी कटाई दिएको स्थानीय सुमन बेगा लिम्बुले जानकारी दिए ।
सोयाङका स्थानीयहरूले गए राती देखी नै हाइड्रोपावरको उत्पादन बन्द गरेको बताइएको छ । सबै पानी खोलातर्फ लगाइदिएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको बताइएको छ । माग पुरा नभएसम्म आफूहरूको आन्दोलन नरोकिने स्थानीयहरूको भनाई छ ।
हाइड्रो सञ्चालकले स्थानीयका विभिन्न मागहरू पुरा नगर्ने, पुरा गर्ने भनेर झुकाउने लगायतका काम गरेपछि उत्पादन बन्द गरिदिएको स्थानीयको भनाई छ ।
सो हाइड्रोपावर सात दशमलव आठ मेघावाटको रहेको छ । यता हाइड्रोपावरमा समस्याको बिषयमा बुझ्न सम्पर्कको प्रयास गरिएपनि सम्पर्क भने हुन सकेन ।