उधौलीकाे अवसरमा इलामको माङसेबुङमा हस्टेमा वाबुक (चिन्डो)को प्रतिमा अनावरण

  नयाँ बुलन्द
182 Shares

इलाम : किराँतीहरूको पर्व उधौलीकाेे अवसरमा इलामको माङसेबुङमा हस्टेमा वाबुक (चिन्डो)को प्रतिमाको पनि अनावरण गरिएको छ । उक्त वाबुकको अनावरण माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गरेका हुन्। किराँत राईहरूको प्रतीकको रूपमा रहेको वाबुक (चिन्डो) जन्मदेखि मृत्युसम्मका मुन्धुमी संस्कारमा प्रयोग गर्ने गरिएको छ ।

उधौलीको अवसरमा  माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले विभिन्न जातजातिको भाषा, संस्कार र संस्कृतिको संवर्द्धनमा गाउँपालिकाले सधैँ सहयोग गर्ने बताए। विभिन्न पर्वहरूको अवसरमा आयोजना गरिने यस्ता संस्कृतिक कार्यक्रमले पहिचान स्थापित गर्न र संस्कार, संस्कृतिलाई बचाइराख्न सहयोग गर्ने उनको भनाइ छ। दाता र स्थानीयले निर्माण गरेको वाबुक (चिन्डो)को संरक्षणमा गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष राईले प्रतिबद्धता जनाए।

यस्तै  उधौलीको अवसरमा बृहत् साकेला सिली समेत प्रदर्शन गरिएको छ। उधाैलीसँगै किराँतीहरूको नयाँ वर्ष यलेदोङ ५०८३ को अवसरमा माङसेबुङ–६ स्थित हस्टेमा किराँत राईहरूको सांस्कृतिक नृत्य साकेला सिलीको प्रदर्शन गरिएको हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार