काठमाडौं : सिन्धुलीको सुनकोशी–३ मा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृतक र घाइतेको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरन्जिवी दाहालले बताए ।
उनका अनुसार मृतकका आफन्तहरूले सवारी आवागमन ठप्प पारेका छन् ।