माङसेबुङका विद्यार्थीलाई न्यानो कपडा वितरण

इलामको माङसेबुङ गाउँपालिका-५ स्थित जयश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरु न्यानो कपडा पाएपछि सामूहिक तस्बिरमा ।

इलाम : इलामको माङसेबुङ गाउँपालिका-५ का जयश्वरी आधारभूत विद्यालयका ४५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

आइतबार विद्यालयमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ दमक युनाइटेडले विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेको हो ।

विद्यालयका सबै विद्यार्थीलाई एक सेट ट्रयाकसुट उपहारस्वरूप उपलब्ध प्रदान गरिएको युनाइटेडका साजन श्रेष्ठले बताए ।

यसअघि शुक्रबार माङसेबुङ गाउँपालिका-५ का ५ वटा सामुदायिक विद्यालयका २६७ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो ।

क्लब हिमालयन टाइगर र लायन्स क्लब अफ काठमाडौंले कक्षा ५ सम्मका विद्यार्थीलाई स्विटर प्रदान गरेको थियो । सरस्वती आधारभूत विद्यालयका एक सय ५४, दुर्गम आधारभूत विद्यालयका १८ जना, जनज्योति आधारभूत विद्यालयका १४ जना, जनता आधारभूत विद्यालयका ३३ र विध्या सिर्जनात्मक माध्यमिक विद्यालयका ४८ जना विधार्थीलाई स्विटर वितरण गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार