इलाम : इलामको माङसेबुङ गाउँपालिका-४ का ५ वटा सामुदायिक विद्यालयका २६७ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
सरस्वति आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा क्लब हिमालयन टाइगर र लायन्स क्लब अफ काठमाडौंले कक्षा ५ सम्मका विद्यार्थीलाई सहयोगस्वरुप नि:शुल्क न्यानो कपडा वितरण गरेको हो ।
सरस्वती आधारभूत विद्यालयका एक सय ५४, दुर्गम आधारभूत विद्यालयका १८ जना, जनज्योति आधारभूत विद्यालयका १४ जना, जनता आधारभूत विद्यालयका ३३ र विध्या सिर्जनात्मक माध्यमिक विद्यालयका ४८ जना विधार्थीलाई स्विटर वितरण गरेको छ ।
वडाका सबै विद्यालयका कक्षा ५ सम्मका सम्पूर्ण विद्यार्थीहरूलाई एक विद्यार्थी एक स्विटर उपहारस्वरूप प्रदान गरिएको क्लब हिमालयनका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक राजु अधिकारीले बताए ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चिसो बढीरहेको बेला विकट गाउँमा रहेको विद्यालयका विद्यार्थीलाई न्यानो स्विटर उपलब्ध गराएकोमा क्लब हिमालयन टाइगर र लायन्स क्लब अफ काठमाडौंलाई धन्यवाद दिदैं यसले निरन्तर विद्यालय आउन सहज हुने बताए ।