चासोक तङनामको अवसरमा इलामको बिब्ल्याँटेमा हेलिबोध नकआउट फुटबल हुँदै

  नयाँ बुलन्द
1.3k Shares

इलाम : किरातीहरुको महान् चाड उधौंली (चासोक तङना) को अवसरमा इलामको बिब्ल्याँटेमा हेलिबोध नकआउट पुरुष र महिला फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

हेलिबोध फुटबल क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु हुने शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

पुरुषतर्फको प्रतियोगितामा १६ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजारसहित ट्रफि पाउनेछन् । त्यसैगरी विधागततर्फ उत्कृष्ठ खेलाडी, उत्कृष्ठ किपर, उत्कृष्ठ डिफेण्डर, उदयीमान खेलाडी र सर्वाधिक गोलकर्तालाई समेत ट्रफिसहित पुरस्कृत गरिने आयोकले जनाएको छ ।

त्यसैगरी महिलातर्फचार टिमको सहभागिता छ ।  प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद १० हजारसहित ट्रफि पाउनेछन् । महिलातर्फ पनि विधागततर्फ उत्कृष्ठ खेलाडी, उत्कृष्ठ किपर, उत्कृष्ठ डिफेण्डर, उदयीमान खेलाडी र सर्वाधिक गोलकर्ताले ट्रफिसहित पुरस्कार पाउनेछन् ।

हेलिबोध खेलमैदानमा हुने दुवै प्रतियोगिताको फाइनल १३ पुसमा हुने आयोजक हेलिबोध फुटबल क्लबका अध्यक्ष पूर्ण फत्रले जानकारी दिए ।

त्यसैगरी चासोक तङनामकै अवसरमा १५ पुसमा साँस्कृतिक कार्यक्रम हुनेछ । साँस्कृतिक कार्यक्रममा ज्योति मगर, अस्मिता अधिकारीसहित सुभना वाङदेल, विजय राई, मन थुलुङ, सन्तोष नेम्बाङलगायतको साँगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा इलाम नगरपालिका ५ का वडाअध्यक्ष काजी श्रेष्ठले स्थानीय स्तरबाट खेलकुद र कला क्षेत्रमा हेलिबोध क्बले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै वडाको तर्फबाट समेत सक्दो सहयोग रहने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार