माइजोगमाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  नयाँ बुलन्द
273 Shares

इलाम : इलामको माइजोगमाई गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सुरु भएको छ ।

नामसालिङ माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा  छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका बमोजिम भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट संचालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड, उफ्रने र फ्याँक्ने तथा मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु खेल संचालन हुनेछन् ।

यहाँबाट उत्कृष्ट भएका खेलाडीलाई जिल्लास्तरीय प्रतियोगितामा समावेश गराइने छ । यस वर्ष जिल्लास्तरीय प्रतियोगिता माङसेबुङ गाउँपालिकामा संचालन हुनेछ ।

नामसालिङ माविका अध्यक्ष यज्ञनिधि अधिकारीको अध्यक्षता तथा माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको प्रमुख आतिथ्यमा भएको उद्घाटनसत्रमा गाउँपालिका उपाध्यक्ष प्रविना राई, १ नं. वडा वडाध्यक्ष याम कार्की, ३ १ नं. वडा अध्यक्ष राम घिमिरे र ४ १ नं. वडा अध्यक्ष दुरनदेवान लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार