
सलकपुर : कुनैबेला इलामकै सर्वाधिक सुन्तला उत्पादन हुने सलकपुरमा सुन्तला मासिएकाे छ । सुन्तलाबाट मनग्गे आम्दामी गरेर दैनिक जीवन निर्वाह गर्नै किसानहरु अहिले भने बिकल्पमा अलैची,कफी एवाेकार्डाे जस्ता खेतिमा लागेका छन् ।
सुन्तलाकाे खेतिले बार्षिक कराेड भन्दा बढि रुपैया भित्रने सलकपुरमा सुन्तलामा बिभिन्न राेगलागेर बगानै स्वाहा भएकाे र अव त दाउरा पनि सकिएकाे सलकपुरका किसान ईश्वरी अधिकारीले बताए ।
कुनैबेला सलकपुरकै टप बगान रहेकाे अधिकारीले सुन्तला बारिमा अलैचि,कफी,र एवाेकार्डाे राेपेर अाम्दानी लिने गरेपनि सुन्तला जस्ताे धेरै नहुने बताए ।यता सलकपुरका अर्का किसान निमा स्याङ्वाेकाे पनि बगान सकिएपनि पुनस्थापनाकाे प्रयासमा रहेपनि निराेगी बाेट नभएकाे वताउछन् ।
सलकपुरका पुराना बगान सबै मासिएपनि चाेकपुर र अासपासका दुईचार बगान भने राम्रै रहेकाे तर यी वगानहरु नया ठाउमा नया बाेटहरु मात्रै रहेकाे चाेकपुरका मदन बिमलीले बताए ।
यता सलकपुरमा सुन्तला मासिदाे भएपनि राेङ ६ कै अन्य ठाउहरु कुवापानि,जाैवारी,जिर्मले लगायतका ठाउहरुमा भने नया स्थान र नया बगानहरुमा सुन्तला खेती राम्रै रहेकाे पाईन्छ ।
सलकपुरमा याे सिजनमा पहेलपुर सुन्तला हुदा भारतीय र नेपालकाे बिभिन्न ठाउहरुवाट पर्यटकहरु अाउन,बगानमै सुनला किनेर खाने र लाने हुदा अार्थिक गतिबिधि समेत राम्राे रहेकाे तर अहिले सुन्तला पर्यटक कम हुने गरेकाे स्थानिय घरवास ब्यवसायी एव बनाना एग्राे कटेजका सचालक याम अधिकारी बताउछन् ।अधिकारी पनि सुन्तला किसान अनि केराकाे परिकार बनाएर ब्यवसाय सचालन गरेर बसेका युवा हुन ।
सलकपुरमा उत्पादन भएकाे सुजन्तलालाई बजार अभाव भने थिएन ।धेरैले सुन्तलाकाे बगान नै बेच्ने गरेका थिए भने केहिले टिपेर अाउने पर्यटकहरुलाई खुद्रा बेचेरै पनि सकिने गरेकाे स्थानिय युवा सुमन तामाङले बताए ।
























































