सहकारी केन्द्र नेपाल पाँचथरको अध्यक्षमा पेम्बा शेर्पा

  नयाँ बुलन्द
91 Shares

 पाँचथरः सहकारी केन्द्र नेपाल पाँचथरको प्रथम जिल्ला सम्मेलनबाट पेम्बा शेर्पाको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सानु थापा मगर ,सचिव घनेन्द्र केरुङ र कोषाध्यक्ष गणेश बाँस्कोटा सहित १५ सदस्य रहेको कार्यसमिति निर्माण भएको अध्यक्ष शेर्पाले बताए ।

जिल्लाका २५ वटा सहकारीका प्रतिनिधिको फिदिममा आयोजित भेलाले सात वटा पालिकाबाट दुई-दुई जना र नगरपालिकाबाट तीन जना गरी सबै क्षेत्रलाई समेटेर समिति बनाइएको उनले बताए । नेकपा (माओवादी केन्द्र)निकट सहकारी केन्द्र नेपालको भेलामा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य झलकसिं दर्लामी(सन्देश) को आतिथ्यता रहेको थियो । यसैगरी अन्य  अतिथिमा सहकारी केन्द्र नेपाल केन्द्रीय उपाध्यक्ष शंखरध्वोज नेम्बाङ,सहकारी केन्द्र नेपाल प्रदेश सचिव उद्धव लङ्वा,जिल्ला समन्वय समिति पाँचथरका उप-प्रमुख यामबहादुर आङ्बोलगायतले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामनासहित बधाई दिएका थिए ।

नेकपा (माओवादी केन्द्र) को ‘जनतासंग माओवादी, विशेष रुपान्तरण अभियान ,घर घरमा माओवादी र जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ तीन महिने अभियान अन्तर्गत ‘समृद्धिका लागि सहकारी’ संगठन निर्माणको क्रममा प्रथम पाँचथर जिल्ला भेला सम्पन्न गरिएको सहकारी केन्द्र नेपाल केन्द्रीय उपाध्यक्ष शंखरध्वोज नेम्बाङ जानकारी दिए ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण तर्फ पाइला चाल्ने उदेश्यले तीन खम्बे अर्थतन्त्रको नीति मध्ये सहकारी एक पक्ष रहेकोले २०७९ चैत्र २२ गते नेकपा (माओवादी केन्द्र) निकट सहकारी केन्द्र नेपालको स्थापना गरिएको हो । सहकारीहरु नाफामुखी नभइ सेवामुखी बनाउन,चुस्तदुरुस्त साथै पारदर्शी बनाएर देशको अर्थतन्त्रमा सुधार ल्याउने सहकारी केन्द्रको लक्ष्य रहेको अतिथिले बताए । हाल देशमा अधिकाँश सहकारीहरुले बदनामी कमाइरहेको अवस्थामा तिनीहरुलाई सुधार गर्दै व्यस्थित बनाएर लैजानले अभियानसहित सहकारी केन्द्र नेपालको हालसम्म यस प्रदेशमा सुनसरी,झापा र पाँचथर गरी तीन जिल्लामा समिति गठन भएको र अन्य जिल्लामा निरन्तरता दिइने भएको छ । उत्पादनमुलक क्षेत्रमा लगानी तर्फ प्रथामिकता दिएर सहकारीको माध्यमबाट जनताको आर्थिक उन्नती बगर्न पहल  गरिने यसको महत्वपूर्ण उदेश्य रहेको छ ।  पाँचथरमा २७६ वटा सहकारी छन् भने विभागको डाटा अनुसार नेपालमा ३० हजार सहकारी रहेको जनाएइको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार