मन्त्री सुदन किराँतीको बर्खास्ती माग गर्दै प्रदर्शन

  नयाँ बुलन्द
112 Shares

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन नेपाल सनातन धर्म संस्कृति संगठनले बिहिबार प्रदर्शन गरेको छ । बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किराँतीले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सो संगठनले आज पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले मन्त्री किराँतीको राजीनामा पनि माग गरेका छन् । बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई नमान्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार