गैरीगाँउमा बुबाको हत्या गरेको आरोपमा दुई छोरा पक्राउ

  नयाँ बुलन्द
525 Shares

पाँचथरः  कुम्मायक गाउँपालिका- १ गैरीगाउँका ८३ वर्षीय चन्द्रमान तामाङको हत्या गरेको आरोपमा मृतककै छोराहरुलाई प्रहरी पक्राउ गरेको छ । पौष ४ गते बिहान आफ्नै घरको सुत्ने कोठामा तामाङ मृत अवस्थामा रहेको भन्ने सूचना पाएसंगै इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा उक्त घटनामा मृतकका छोराहरुको संलग्नता रहेको खुल्न आएकोले मृतकका छोराहरु ४५ बर्षीय घनेन्द्र तामाङ र ४० बर्षीय देवेन्द्र तामाङलाई पक्राउ गरेको हो ।
मृतक र छोराहरु बिच सामान्य घरायसी विषयमा झै-झगडा हुँदा कुटपिट गरेको र सोही कारणले मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खूल्न आएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार