देउमाईका १९० परिवारले दाहसंस्कार खर्च पाए

  नयाँ बुलन्द
441 Shares

इलाम : इलामको देउमाई नगरपालिकाबाट एक वर्षमा १ सय ९० मृतकका परिवारले दाहसंस्कार खर्च पाएका छन् ।

गत आर्थिक वर्ष २०७९/०८० मा नगरभित्रका १ सय ९० जना मृतकका परिवारले दाहसंस्कार खर्च प्राप्त गरेका छन् । दाहसंस्कार वापत गत वर्ष ९ लाख ५० हजार उपलब्ध गराइएको लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए ।

चालु आवको पहिलो त्रैमासिकमा ८९ जना मृतकका परिवारले दाहसंस्कार खर्च लिएका छन् । पहिलो त्रैमासिकमा ४ लाख ४५ हजार खर्च भएको नगरपालिकाले जनाएको छ ।

देउमाई नगरपालिकाले कुनै पनि कारणबाट मृत्यु भएका मृतकका परिवारलाई दाहसंस्कार खर्च वापत पाँच हजार उपलब्ध गराउँदै आएको छ ।

दाहसंस्कार खर्च लिनका लागि मृतक देउमाई नगरपालिकाभित्र स्थायी बसोबासी भएको नागरिक हुनुपर्ने र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

चालु आवमा दाहसंस्कार खर्चका लागि २० लाख विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार