इलामको हाउजीको खर्च गुपचुप

  नयाँ बुलन्द
455 Shares

इलाम : इलाम सदरमुकाममा खेलाईएको हाउजी बिङ्गोको हिसाब दुई पटक सम्म पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने प्रयास गरेपनि एकिन हिसाबकिताब नआउदा सामाजिक संजालमा हाउजीको फेरि चर्चा सुरु भएको छ ।

पटकपटक हिसाब सार्वजनिक गर्ने प्रयास गरेको आयोजकले एकिन हिसाबकिताब सार्बजनिक गर्न नसके पछि हिसाब मिलाएर  सार्बजनिक गर्ने बताएपनि लामो समय बितिसक्दा समेत खर्च सार्बजनिक गर्न सकेको छैन ।

खेल सकिएको लामो समय सम्म एकिन हिसाबकिताब गुपचुब राखेपछी यतिबेला सामाजिक संजालमा आयोजक सस्थाको चौतर्फी आलोचना भइरहेको हो । आयोजक नगर खेल्कुद प्रतिस्ठान सहित अन्य ६ वटा सस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको खेलको हिसाबकिताब पारदर्शी नहुदा नागरिकमा रकम हिनामिना भएको आशका यतिबेला उब्जिएको छ ।

नियमनकारी निकाय मौन !

जुवाजन्य खेलमा पर्ने हाउजीको रकमको सन्दर्भमा यतिबेला प्रश्न पछि प्रश्न जन्मिरहेका छन् खेल खेलाउन अनुमति दिने प्रशासन अनि  खेल खेलाउने नगरपालिकाको नगर खेलकुद प्रतिष्ठान प्रति ।

सदरमुकामको मुख्य चोक बजार त्यसमा पनि प्रहरी तथा सुरक्षा निकायकै अगाडी जुवा खेलाइएको थियो ।  सो बाट बचेको रकमले सामाजिक कार्यमा खर्च गरिने भनियो पनि । तर रकम पारदर्शी नभएको जिल्लावासीको गुनासो बढेको छ ।

विगतका वर्षहरुमा केही संस्थाहरू मिलेर खेलाइने गरिन्थ्यो । यस वर्ष पनि इलाम नगरपालिका नगर खेलकुद विकास समितिले नेतृत्व गरेर यो खेल सञ्चालन भयो । अन्य केही संस्थाको नाम उल्लेख गरिएको समेत छ ।

निकै तामझाम सहित इलामको ऐतिहासिक खेल भनेर इलाम चोक बजारमा जुवाजन्य बिङ्गो खेलाइयो । रातको समयमा निकै मान्छे इलाम चोक बजारमा भेला गरेर खेलाइने खेललाई नियन्त्रण हैन उल्टै प्रशासनले सुरक्षा प्रदान गरेर सहयोग गरेको थियो ।

हिसाब पत्याएनन इलामबासीले

गएको असोज २८ गते देखि मङ्सिर ८ गतेसम्म खेल खेलाइएको थियो । सो खेलबाट ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको बताइएको छ ।

आयोजकले पुरस्कारमा २८ लाख ५७ हजार दुई सय रुपैयाँ खर्च भएको जानकारी दिएको छ । पुरस्कारबाट २० लाख ५० हजार एक सय ५५ रुपैयाँ बाँकी रहेको उल्लेख छ । सोबाट समेत पाँच लाख १२ हजार दुई सय २९ रुपैयाँ खेल अवधिभरमा खर्च भएको हिसाब सार्वजनिक भयो । बाँकी रहेको १४ लाख ७९ हजार नौ सय २६ रुपैयाँ बैङ्कमा जम्मा भएको बताईएको छ ।

इलामे नागरिकका प्रश्न ?

धेरै प्रश्न उब्जिए । सो मध्ये पनि रकम सार्वजनिक गर्दा लेखा परीक्षण नभएको गुनासो छ । आफैँमा अवैध रहेको कारोबारको कसरी लेखा परीक्षण हुन्छ ?

आयोजकले जे खेलेर दिए सोही पत्याइदिन पर्ने ? मनोमानी ढङ्गले ल्याएको हिसाब चित्त बुझाउनुपर्ने हामिले ? करिब आधा करोड बराबरको खर्च गर्दा लेखा परीक्षण हुनु पर्ने हो । तर अवैध खेलबाट उठेको रकमको लेखा परीक्षण गर्ने निकाय कुन त ? यी र यस्तै प्रश्नको जवाफ खोजिरहेका छन इलामे नागरिकहरुले ।

बिगतका बर्ष र यस बर्ष !

गएको वर्ष १० लाख माथि रकम त हाउस फुललाई नै दिइएका थियो । पुरस्कार धेरैलाई परे पनि पुरस्कारमा निकै मोटो धनराशि गएको वर्ष खर्च भएको थियो । यस वर्ष आयोजकले करिब आधा रकम नै घटाएर छ लाख मात्र पुरस्कार हाउस फुलका नाममा सार्वजनिक गर्यो ।

प्रश्नै प्रश्न ??

दैनिक कति टिकट विक्री भयो सो बाट कति रकम सङ्कलन भयो, कति खर्च र कति बचत भयो भन्नेबारे निकै अन्योल बनाएको छ । बचेको रकम सार्वजनिक कार्यमा नै खर्च हुन्छ होला तर खेल खेलाइँदा नै रकम गोलमाल भएको आरोप जिल्लावासीको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार