आर्थिक अभावले घुर्बिसेकी कमला चेम्जोङको उपचारमा समस्या , सहयोगको लागि अपिल

  युद्धबहादुर बोहोरा
3.2k Shares

 

घुर्विसे पञ्चमीः  आर्थिक अभावका कारण फाल्गुनन्द-५ घुर्बिसे पञ्चमीकी कमला चेम्जोङको उपचारमा समस्या भएको छ । पाठेघरको रोगबाट पीडित चेम्जोङ उपचार गर्न अस्पताल पुगेता पनि आर्थिक अभावका कारण उपचारको समय कुर्नु परेको छ । उनलाई उपचार गर्न धेरै रकम लाग्ने चिकित्सकले बताएपछि हाल घुर्बिसे बजारबासी,आफन्त ,छरछिमेक, देशविदेशमा हुने आफन्तजनहरु कमला बचाउ अभियानसहित आर्थिक संकलनमा जुटेका छन् ।  उनलाई झापाको विर्तामोडस्थित विर्तासीटी हस्पिटलमा लगिएको आर्थिक संकलनमा सहयोग गर्ने समाजसेवी जितेन चेम्जोङले जानकारी दिए । शुभेच्छुक तथा सहयोगी मनका धनीहरुबाट रकम संकलन भइ अहिलेसम्म करीब एक लाख ५० हजार रकम जुटेको  र बुधबार दिउँसो १२ बजे उनको सल्यक्रिया हुने जनाइएको छ ।

दुई वर्षअघि पाठेघरमा समस्या भएको थाहा पाएपछि चिकित्सकले तत्काल उपचारका गर्न सल्लाह दिएको थिए । तर,परिवारको आर्थिक अवस्था निम्न भएका कारण उनले रोग पालेर बस्नु पर्ने वाध्यताले गर्दा उपचार पाएकी थिइनन् । दैनिक ज्याल मजदुरी गर्दै आएकी कमला र श्रीमानको केही वर्ष अघि बजारमा रहेको सानो घर थियो । ऋण परेका कारण बेचेर आजभोली आफन्तको जग्गामा सानो टहरो बनाएर बस्दै आएका छन् । आफ्नो कमाईले घरपरिवारको गर्जो टार्न पनि धौधौ परेकाले विरामीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको  र घर खर्च धान्न पनि मुस्किल परिरहेको बेला  श्रीमति कमला बिरामी हुनु झनै पीडादायी भएको श्रीमानको दुखेसो छ । सबैले साथ सहयोग गरेर श्रीमती बचाइ दिन पनि उनले आग्रह गरेका छन् ।

सहयोगका लागि Jiten Chemjong को नाममा Nepal Investment Mega Bank (NIMB) को खाता नम्बर A/C No. 06905050255912 मा

वा माछापुछ्रे बैंकको क्युआर कोडमा

रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । उनलाई उपचारमा आर्थिक सहयोग गर्न चाहने महानुभावले मोवाईल नम्बर 9824937667 मा सम्पर्क गरी आवश्यक सहयोग समेत गर्न परिवारले अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार