मेची राजमार्गमा पिकअप जलाउने कार्यमा सम्लग्न भएको आरोपमा ‘बुलेट’ पक्राउ

  नयाँ बुलन्द
1.7k Shares

इलाम : प्रदेश नम्वर १ पुन : नामाङ्कन संयुक्त संघर्ष समितिको आह्वानमा भएको कोशी प्रदेश बन्दका क्रममा पिकअप जलाएको आरोपमा प्रहरीले आज एक व्यक्तिलाई पक्राउ गरेको छ ।

गत मंङ्सिर ३० गते साँझ साढे ६ बजेको समयमा मेची राजमार्गको किटेनी नजिकै पराल बोकेको मे १ ज ११४० नम्वरको पिकअप बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै जलाएका थिए ।

इलामको रोङ गाउँपालिका ४ स्थित किटेनी नजिकै पिकअप जलाउने कार्यक्रमा सम्लग्न भएको भन्दै बुद्धशान्ति गाउँपालिका ४ निवासी ३३ वर्षीय ‘बुलेट’ भनिने अञ्जन राईलाई आज दिउसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले प्रदेश नम्वर १ पुन : नामाङ्कन संयुक्त संघर्ष समिति बुद्धशान्ति संयोजक समेत रहेका राईलाई बिर्तामोडस्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

पक्राउ परेका राई राष्ट्र, राष्ट्रियता, धर्म , संस्कृति र नागरिक बचाउ अभियान अन्तरगत नागरिक युवा दस्ताका मेचीनगर संयोजक समेत रहेको बताइएको छ ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर पठाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार