इलाम : इलामको सूर्योदय नगरपालिकाले एक वडामा कार्यान्वयन भएको असल अभ्यास अर्को वडामा सिकाउन थालेको छ ।
सूर्योदय नगरपालिकाले एक वडाको असल अभ्यास अर्को वडामा सिकाउन ‘वडाको असल अभ्यास कार्याशाला’ आयोजना सुरु गरेको छ ।
एक वडाको असल अभ्यास अर्को वडाले सिक्न सकोस् भन्ने उद्देश्यकासाथ कार्याशाला प्रारम्भ गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए ।
‘निकै महत्वपूर्ण कार्यहरु वडाहरूले गरेतापनि एक-आपसमा थाहा नहुन सक्छ । त्यसैले नगरपालिकाले यस प्रकारको कार्याशाला अगाडी बढाएको हो’ नगरप्रमुख राईले भने, ‘कार्शालामा वडा अध्यक्ष आफैंले आफ्नो वडाको असल अभ्यासहरू प्रस्तुत गर्नुहुन्छ । त्यहाँबाट अर्को वडा अध्यक्षलाई थाहा हुन्छ ।’