विद्यार्थी र ५० वर्ष माथिका सबै नागरिकको निःशुल्क आँखा जाँच गर्दै माइजोगमाई गाउँपालिका

  नयाँ बुलन्द
133 Shares

इलाम :  इलामको माइजोगमाई गाउँपालिकाले प्रत्येक विद्यार्थी र ५० वर्ष माथिक सबै नागरिकको निःशुल्क आँखा जाँच शिविर सुरु गरेको  छ ।

नेपाल नेत्र ज्योती संघ इलामसँगको सहकार्यमा बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा माईजोगमाई गाउँपालिकाले ६ वटै वडामा निःशुल्क आँखा जाँच शिविर संचालन गर्ने गरी आइतबारदेखि शिविर सुरु गरेको हो ।

आतबार माईजोगमाई गाउँपालिका-४ नेपाल ज्योति माध्यमिक विद्यालय नामसालिङमा शिविर संचालन भएको छ ।  आइतबारको शिविरबाट एक सय ४४ जना सेवाग्राही लाभान्वित भएको माईजोगमाई गाउँपालिकाकी उपाध्यक्ष प्रविना राईले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार