माङसेबुङ-६ मा एमाले परित्याग गरी माओवादी प्रवेश, दुई टोलमा समिति विस्तार

  नयाँ बुलन्द
2.3k Shares

 

इलाम : इलामको माङसेबुङ गाउँपालिका-६ मा नेकपा (एमाले) का दर्जनौं कार्यकर्ताहरु पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

शनिबार विहान टोड्के र कुसुण्डे टोलका दर्जनौं युवाहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रले ‘घरघरमा माओवादी जनजनमा माओवादी’ नारासाथ संचालन गरिरहेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत पार्टी प्रेवेश गराएको हो ।

नवप्रवेशीरुको संलग्नतामा दुई टोलमा माओवादी केन्द्रको टोल समिति विस्तार भएको छ ।

टोड्के टोलमा मनकुमार राईको अध्यक्ष र रामकुमार राई सचिव रहेको १२ सदस्यीय टोल समिति  गठन भएको हो । समितिका सदस्यहरुमा विमन राई, विशाल राई, खड्गध्वज राई, रिजन राई, मनिभक्त राई, देवीप्रसाद राई, सीता राई, वीरकुमार राई, विष्णु राई र अविन्द्र राई रहेका छन् ।

त्यसैगरी कुसुण्डे टोलमा रञ्जित राईको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन भएको हो ।

उपाध्यक्षमा उत्तम राई, सचिव जनम राई, सहसचिव रामबहादुर राई र कोषाध्यक्षमा माया राई चयन भएका छन् ।

सदस्यहरुमा विमान राई, कमल राई, राजिन राई, गणेश राई, रोशन राई, रुबेन्द्र राई, नरेन राई, प्रदिप राई रहेका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् इलाम इन्चार्ज कुलप्रसाद साँवा कुशल, प्रदेश सदस्य एवम् इलाम सहइन्चार्ज कान्छा लावती, प्रदेश सदस्य एवम् माङसेबुङ इन्चार्ज लक्षुमन राई जनम, माङसेबुङ अध्यक्ष पृथीमान चवेगू, प्रेस सेन्टरका केन्द्रीय सदस्य राम योङहाङलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार