माङसेबुङ गाउँपालिका-६ टोड्केमा माओवादीको टोल समिति

  नयाँ बुलन्द
238 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-६ स्थित टोड्के नेकपा (माओवादी केन्द्र) को टोल समिति गठन भएको छ ।

शनिबार विहान टोड्के टोलमा नेकपा (एमाले) परित्याग गरेका स्थानीय टोलबासीहरुको भेलाले माओवादी केन्द्रको टोल समिति गठन गरेको हो ।

मनकुमार राईको अध्यक्षमा १२ सदस्यीय टोल समिति  गठन भएको हो । समितिको सचिवमा रामकुमार राई चयन भएका छन् ।

सदस्यहरुमा विमन राई, विशाल राई, खड्गध्वज राई, रिजन राई, मनिभक्त राई, देवीप्रसाद राई, सीता राई, वीरकुमार राई, विष्णु राई र अविन्द्र राई चयन भएका छन् ।

‘जनजनमा माओवादी, घरघरमा माओवादी’ नारासाथ माओवादी केन्द्रले संचालन गरिरहेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तरगत टोल समिति गठन भएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् इलाम इन्चार्ज कुलप्रसाद साँवा कुशल, प्रदेश सदस्य एवम् इलाम सहइन्चार्ज कान्छा लावती, प्रदेश सदस्य एवम् माङसेबुङ इन्चार्ज लक्षमुन राई जनम, प्रेस सेन्टरका केन्द्रीय सदस्य राम योङहाङ, माङसेबुङ अध्यक्ष पृथीमान चवेगू, माङसेबुङ-२ वडा अध्यक्ष प्रेम सुब्बालगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार