माओवादी केन्द्र माङसेबुङ-२ को वडा अध्यक्षमा सुब्बा

इलाम : नेकपा (माओवादी केन्द्र) माङसेबुङ गाउँपालिका-२ वडा समिति पुनर्गठन भएको छ ।

शुक्रबार चित्रे डोलटार टोलमा भएको भेलाले १३ सदस्यीय वडा समिति पुनर्गठन गरेको हो ।

पुर्नगठित समितिका अध्यक्ष प्रेमबहादुर सुब्बा चयन भएका छन् । उपाध्यक्षमा हस्तबहादुर काफ्ले, सचिवमा पूर्ण काफ्ले, सहसचिवमा हरी राई र कोषाध्यक्षमा सुनिता राई चयन भएका छन् ।

सदस्यहरुमा रामचन्द्र लिम्बू, डम्बरमान राई, रेवत कार्की, उदय सुब्बा, अशोक राई, मानवीर गजमेर, पूर्ण चवेगू र ज्ञानु राई चयन भएका छन् ।

‘जनजनमा माओवादी, घरघरमा माओवादी’ नारासाथ माओवादी केन्द्रले संचालन गरिरहेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तरगत वडा समिति पुनर्गठन चएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् इलाम इन्चार्ज कुलप्रसाद साँवा कुशल, प्रदेश सदस्य एवम् इलाम सहइन्चार्ज कान्छा लावती, प्रदेश सदस्य एवम् माङसेबुङ इन्चार्ज लक्षमुन राई जनम, प्रेस सेन्टरका केन्द्रीय सदस्य राम योङहाङ, माङसेबुङ अध्यक्ष पृथीमान चवेगूलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार