पत्रकार युद्धबहादुर बोहोरा प्रेस सेन्टर नेपालमा प्रवेश

  नयाँ बुलन्द
910 Shares

पाँचथर : पाँँचथरका पत्रकार युद्धबहादुर बोहोरा नेकपा (माओवादी केन्द्र) र प्रेस सेन्टर नेपालमा आवद्ध भएका छन् ।

मङ्गलबार पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार बोहोराराई माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सो. फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुर नेम्बाङ, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विजयबोध लावतीलगायतले स्वागत गर्दै प्रवेश गराए ।

माओवादी केन्द्रले ‘घरघरमा माओवादी जनजनमा माओवादी’ नारासाथ संचालन गरिरहेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत बोहोरालाई प्रवेश गराएको हो ।

डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील बोहोरा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका कार्यसमिति सदस्य हुन् । उनी नयाँ बुलन्द डटकमका उपसम्पाद र झापाबाट प्रकाशित पूर्वाञ्चल दैनिकका संवाददाता हुन् ।

बोहोरा जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य परित्याग गरेर प्रेस सेन्टर प्रवेश गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार