ज्येष्ठ नागरिकको सम्मान स्वरुप इनपा ८ द्वारा न्यानो कपडा वितरण

  नयाँ बुलन्द
287 Shares

इलाम : इलाम नगरपालिका वडा न ८ ले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जाडो मौसम शुरु भएसंगै वडाका ज्येष्ठ नागरिकको सम्मान स्वरुप ७५ वर्ष माथिका ६० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो ।

यसका साथै जेष्ठ नगारीक हरुको स्वास्थ परिक्षण समेत गरिएको छ । जिउँदो इतिहासका रुपमा रहेका उनीहरुलाई चिसोमा न्यानो कपडा लागाई जोगिन र स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले सम्मान गरेको वडाध्यक्ष दलमान तामाङले जानकारी दिए ।

यता नगरपालिकाका उपप्रमुख बिष्णु दाहालले बृद्ध बृदाहरुको हकहित तथा सहयोगको लागि पालिकाले विभिन्न खाले कार्यक्रम मार्फत सहयोग गरिरहेको बताएकी छन  ।

उता न्यानो कपडा पाएसंगै जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन् । उनिहरुले भनेका छ्न ‘हामीले वेला वेलामा सहयोग पाईरहेका छौँ, यो जाडोमा वडा कार्यालयले सहयोग गर्यो, हामीलाई धेरै खुसी लागेको छ, सरकारको सहयोग नपाएको भए हामीलाई धेरै समस्या हुन्थ्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार