बिङ्गो खेलमा आयोजकको अलमल : दुई पत्रकार सम्मेलन, हिसाब पनि फरकफरक (भिडियोसहित)

  राम योङहाङ
1.3k Shares

नगर खेलकुद विकास समितिले दोस्रो पटक आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर : नयाँ बुलन्द

इलाम : इलाममा खेलाइएको बिङ्गो (हाउजी) खेलमा लाखौंको अनिमितता भएको गुनासो आएपछि मुख्य आयोजक नगर खेलकुद विकास समितिले शनिबार पत्रकार सम्मेलन आयोजना गर्‍यो ।

तोकिएको समय र स्थानमा पत्रकारहरु पुग्दा मुख्य आयोजकका केही पदाधिकारीहरु मात्र कार्यक्रम स्थलमा देखिन्थे । अन्य आधा दर्जन सहायक आयोजकका फाट्टफुट्टबाहेक कोही उपस्थित थिएनन् ।

यसअघि आयोजकले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हिसाबप्रति इलामबासी नागरिकको तीव्र असन्तुष्टिको समाचार सञ्चारमाध्ममा आएपछि प्रष्ट गर्ने भन्दै दोस्रो पटक पत्रकार सम्मेलन गरेको थियो । तर पत्रकार सम्मेलनमा आयोजक नै अलमलमा रहेको पाइएको छ ।

इलामबासी नागरिकको सामाजिक संजालमा देखिएको व्यापक असन्तुष्टि र सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्ने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा आयोजक नै अलमलमा परेपछि अनियमितताको आशंका झनै बढेको छ । आयोजकले कति टिकट खरिद गरेको, कति बिक्री भएको, कति निशुल्क वितरण गरिएको, कति बाँकी रहेको, कति पुरस्कार बाँडिएको र कति रकम बचत भएको भन्ने पत्रकारको प्रश्नमान कुनै यकिन विवरण दिन सकेनन् ।

दिन सकुन् पनि कसरी । उनीहरुले दैनिक रुपमा यस्तो विवरण नै राखेका रहेनछन् । दैनिक खेलको हिसाबकिताब गर्न तोकिएको केही व्यक्तिले दिएको हिसाब नै अन्तिम हिसाब मानी खातामा राखेर केही व्यक्तिको हस्ताक्षरमा खाता बनन्द गराइदो रहेछ । जसले दैनिक आम्दानी र खर्च कति भयो भन्ने गोलमाल हिसाब बाहेक विवरणगत हिसाब देखिएको छैन । विवरणगत हिसाब नराखेपछि पत्रकारको प्रश्नको जवाफ पनि दिन सकेनन् । पत्रकारको प्रश्नको जवाफ दिन नसकेवछि फेरि विवरणगत हिसाब तयार गर्ने भन्दै पत्रकार सम्मेलन स्थगित भयो ।

आयोजकले अघिल्लो पत्रकार सम्मेलनमा जम्मा कारोबार ४८ लाख ६७ हजार तीन सय ५५, पुरस्कारमा २८ लाख ५७ हजार दुई सय र बचत २० लाख १० हजार १ सय ५५ देखाइएको थियो । सोही बचतलाई आय मानेर पाँच लाख १२ हजार दुई सय २९ संचालन खर्च गरी १४ लाख ९७ हजार नौ सय २६ रुपैयाँ बचत भएको देखाएको थियो । दोस्रो पत्रकार सम्मेलनमा आयोजक सोही हिसाबलाई नै प्रमाणित गर्न चाहन्थे ।

तर आयोजक दोस्रो पत्रकार सम्मेलनमा झनै चुकेको छ । त्यसले अनियमितताको पुष्ट गर्न झनै सहज बनेको छ । आयोजकले अघिल्लो पत्रकार सम्मेलनमा फाइनल खेलमा १५ लाख ९६ हजार तीन सय पुरस्कारमा खर्च भएको र तीन लाख ९६ हजार २० रुपैयाँ बचत भएको देखाएको थियो । यसले फाइनलमा १९ लाख ९२ तीन सय २० रुपैयाँ कारोबार भएको देखाएको थियो । तर विवरणगत हिसाब देखाइएको थिएन । त्यतिमात्र होइन, मोटरसाईकल लक्की टिकटबाट संकलन भएको तीन लाख १५ हजार र लक्की टिकटबाट संकलन भएको दुई लाख ७० हजार समेत देखाईएको थिइन ।

दोस्रो पत्रकार सम्मेलनमा लक्की टिकट र मोटरसाइकलको टिकटको रकम अघिल्लो पत्रकार सम्मेलनमा जोड्न गल्ती भएको भन्दै आयोजकले माफी माग्यो । दुई लाख ५० हजारको मोटरसाइकल पुरस्कार दिएर ६५ हजार बचत भएको छ । त्यस्तै लक्की पुरस्कारमा १ लाख पाँच हजार वितरण गरेर एक लाख ६५ हजार बचत भएको छ । यहाँ दुई लक्की टिकटबाट दुई लाख ३० हजार बचत भएको छ ।

यसरी हेर्दा फाइनल खेलको कुल बचतमा पाँच लाख बढीको फरक पाइएको छ । दोस्रो पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी अनुसार ४६ सेट टिकट बिक्रीबाट २३ लाख आम्दानी भएको छ । टिकट बिक्रीबाट मात्र तीन लाख सात हजार नौ सय ८० रुपैयाँ अनियमितता गरेको पुष्ट भएको छ । मोटरसाइकलको लक्की टिकट बिक्री र लक्की टिकट विक्रीबाट बचत भएको रकम समेत जोड्ने हो भने फाइनल खेलबाट मात्र पाँच लाख ३७ हजार नौ सय ८० रुपैयाँ अनियमितता पुष्टि भएको छ । अन्य ४१ दिनको विवरण समेत यसरी नै हेर्ने हो भने लाखौंको अनियमितता पुष्टि हुन्छ ।

यसरी हेर्दा फाइनल खेलको कुल बचतमा पाँच लाख बढीको फरक पाइएको छ । दोस्रो पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारी अनुसार ४६ सेट टिकट बिक्रीबाट २३ लाख आम्दानी भएको छ । टिकट बिक्रीबाट मात्र तीन लाख सात हजार नौ सय ८० रुपैयाँ अनियमितता गरेको पुष्ट भएको छ । मोटरसाइकलको लक्की टिकट बिक्री र लक्की टिकट विक्रीबाट बचत भएको रकम समेत जोड्ने हो भने फाइनल खेलबाट मात्र पाँच लाख ३७ हजार नौ सय ८० रुपैयाँ अनियमितता पुष्टि भएको छ । अन्य ४१ दिनको विवरण समेत यसरी नै हेर्ने हो भने लाखौंको अनियमितता पुष्टि हुन्छ ।

समाचारको खण्डन गर्न नसकेपछि आयोजकलाई लागेको अनियमितताको आरोप थप मजबुद बनेको छ । ‘आफैंले खनेको खाल्डोमा आफैं परेको’ भन्दै आयोजकको आलोचना झनै बढेको छ । कतिपयले यसको छानबिन नै हुनुपर्ने समेत माग गर्न थालेका छन् । सामाजिक कार्यमा लगानि गर्ने भन्दै खेलाइएको खेल बिङ्गोबाट उठेको रकममा व्यक्तिको रजाइँ भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

आयोजकले भने आफ्नो तर्फबाट विवरणग रुपमा हिसाब राख्न नकस्नु कमोजोरी रहेको स्वीकार गरेको छ । ‘हामीले विवरणगत रुपमा हिसाब राख्न कमजोरी भयो । तरपनि अनियमितता भएको छैन’ नगर खेलकुद विकास समितिका सचिव गणेश खतिवडाले पत्रकार सम्मेलनमा भने, ‘आगामी दिनमा यसलाई सच्याएर अघि बढ्न हामी तयार छौं ।’

चाडपर्वमा मनोरञ्जन गराउने उद्देश्यले इलाम चोक बजारमा ४० दिन बिङ्गो खेल सञ्चालन भएको थियो । २८ असोजदेखि ८ मंसिरसम्म बिङ्गो सञ्चालन भएको थियो ।

सम्बन्धित निकाय बेखर

यता सम्बन्धित निकाय भने बेखरबर छ । बिङ्गो खेलमा अनियमितता भएको भन्दै समाजिक सञ्जाल जनगुनासो र सञ्चारमाध्यममा व्यापक समाचार आएपनि इलाम नगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकाय मुकदर्शक बनेको छ ।

पत्रकार सम्मेलनको पूरा भिडियो हेर्न यहाँ क्लिब गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार