पाँचथर : डाँगीहाट फुटबल क्लब मोरङ पाँचथरको फिदिममा आयोजित प्रथम किरात गोल्डकपो च्याम्पियन बनेको छ । शनिबार भएको फाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई २-१ गोल अन्तरले पराजित गर्दै मोरङ किरात गोल्डकपको च्याम्पियन बनेको हो ।
स्थानीय फिदिम माविको मैदानमा सञ्जय धिमालले दशौं मिनेटमा मोरङलाई अग्रता दिलाए । झापाको कमजोर रक्षपङतिको फाइदा उठाउदै धिमालले गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा मोरङका उमेश राईले गोल गर्दै अग्रता दोब्बर पारे । झापाको दुई जना डिफ्रेन्डर लाइ छल्दै राईले सुन्दर गोल गरेका थिए । यहि गोलनै डाँगीहाटको लागि उपाधि जिताउन पर्याप्त भयो ।
पहिलो हाफको ३५ औं मिनेटमा झापाका प्रदिप बुढाथोकीको प्रहार पोष्टमा लागेर फर्किदा झापाले बराबरी गोल गर्ने अवसर गुमाएको थियो । दोश्रो हाफको २७ औं मिनेट झापाका विशाल दर्जिको हेडल बल पुनः पोष्टमा लागेर रिबाउन्ड भएको थियो । दोश्रो हाफको इन्जुरी समयमा बिर्तामोडका योगेश गुरुङले गोल गरे पजि जितको लागी पर्याप्त भएन ।
पहिलो र दोस्रो हाफमा दुवै टोलीले गोलका राम्रा अवसर गुमाएका थिए । कडा मैदानमा खेलाडीहरुले खुलेर खेल्न सकेका थिएनन् । फाइनल खेलमा झापाका प्रदिप बुढाथोकी म्यान अफ द म्याच हुदै पाँच हजार रुपैयाँ प्राप्त गरे ।
उपाधिसँगै मोरङले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ हात पार्यो । उपविजेता बिर्तामोडले भने २ लाख २ हाजर २ सय २२ रुपैयाँमा चित्त बुझायो । प्रतियागितामा ३ गोल गरेका मोरङका सञ्जय धिमाल उच्च गोल्कर्ता हुदै १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट गोलरक्षक मोरङका प्रमिजय गच्छेदार, उत्कृष्ट डिफेन्डर मोरङका मानबाहादुर परियार, उत्कृष्ट मिडफिल्डर मोरङका उमेश कार्की, उत्कृष्ट प्रशिक्षक मोरङका राज लिम्बु बने । उत्कृष्ट सबैले समान दश हजार रुपैयाँ प्राप्त गरे । उदयमानी खेलाडी पाँचथर फुटबल क्लबका शुकराज राई चुनिए । राई दश हजार रुपैयाँ प्राप्त गरे । डाँगीहाट फुटबल क्लबका अभिशेक लिम्बु सर्वोत्कृष्ट खेलाडी घोषित भए । लिम्बुले नगद २५ हजार प्राप्त गरे ।
पाँचथर जिल्ला फुटबल क्लबको आयोजनामा १६ मंसिरदेखि संचालित प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठवटा टिमले भाग लिएका थिए ।