नेपालकै पहिलो किरात सिरिजंगा लिपि र लिम्बू भाषाको अनलाइन सुरु

  नयाँ बुलन्द
525 Shares

इलाम : इलामबाट नेपालकै पहिलो किरात सिरिजंगा लिपि र लिम्बू भाषाको समाचारमूलक अनलाइन पत्रिका सुरु भएको छ ।

जिल्लाको माङसेबुङ गाउँपालिका-५ मा मुख्य कार्यालय रहने गरी माङसेबुङ डटकम (www.mangsebung.com) नामक अनलाइन पत्रिका सुरु भएको हो ।

किरात चो:त्लुङ प्रालिले संचालनमा ल्याएको सो पत्रिकाको उद्घाटन बुधबार किरात धर्मगुरु आत्मानन्द लिङदेनले गरे ।

नेपाली, अंग्रेजी र लिम्बू गरी तीनवटै भाषामा समाचार सामग्री प्रकाशन गर्नेगरी पत्रिका सुरु गरिएको सम्पादक सुनिल सेर्माले बताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार