झापा : बर्ष ४८ का हरी ढुंगना सपरिवार ईटहरी उपमहानगर पालिका १० बुढीखोला किनारमा अवस्थित सुकुम्बासी बस्तिमा बस्छन् । जहाँ एक सय ५० बढी सुकुम्बासीहरु टहरा बनाएर बसेकाछन् ।
सोही बस्तीमा आइतावार साँझ सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती उक्त बस्तिमा बास बस्न पुगेका थिए । सुकुम्बासी बस्तिमा यसरी विरलै सांसद र मन्त्री पुग्ने गरेको बताउँदै हरी ढुंगना भावुक भए उन्ले भने “संघिय सरकारको चर्चीत मन्त्रीज्यू हाम्रो बस्तिमा आउनुभयो, वडाध्यक्षले समेत हामीलाई चासो नदिएको बेला देशको मन्त्रीले हाम्रो बस्तीमा पाइला टेक्दा हामी त बढो हर्षीत र भाबुक भएकाछौँ । नेता र नेतृत्वले हामी सुकुम्बासीलाई भोट बैंककोरुपमा मात्रै प्रयोग गर्छन तर उहाँलेत हाम्रो बस्तिमा आएर हाम्रो कुरा सुनिदिनुभयो, हाम्रो अवस्थाबारे जानकारी लिनुभयो । उहाँ जस्ता नेता यो देशले पाउनु ठुलो कुरा हो ।”
अर्का प्रेमकुमार राईले भने “सरकारमा रहेको मन्त्री सुकुम्बासी बस्तीमा आएर छलफल गर्नु धेरै सह्रनिय काम हो । सुकुम्बासीहरुले हाल सम्म लालपुर्जा नपाएको कुरा मन्त्रीलाई सुनाउन पायौँ पक्कै उहाँले समस्य समधानका लागि सदनबाट नितिगत कुराहरु अगाडी बढाउनु हुनेछ ।’
सोमबार हुने किरात धर्मगुरु आत्मनन्द लिङ्देनको नुमाङ्गेन समारोहमा सहभागी हुन इलामको माङ्सेबुङ जानेक्रममा विराटनगर विमानस्थल हुँदै बास बस्न मन्त्री किराती सुकुम्बासी बस्ति पुगेका हुन् । आफ्नो विभाग नपरेपनि सुकुम्बासी समस्य राज्यको समस्य भएकोले उनीहरुको अवस्थ बुझ्नु आफ्नो दायित्व रहेको मन्त्री किरातीले बताएकाछन् ।
उन्ले भने “हामीले ठुला काम गर्न नसकेपनि भुईमान्छेहरुका साना साना समस्य हल गर्न सकियो भने मात्रै त्यो लोकतन्त्र हुन्छ । राज्यबाट पिछाडिएका समुदाय र गरिव निमुखाको पनि राज्य हो भन्ने प्रत्याभुति दिलाउन सकियो भने मात्रै अशली लोकतन्त्र हुन्छ । लामो समय व्यवस्था परिवर्तनमा समय खर्चिएको हामीले अव एक ढिक्का भएर यि भुई मान्छेहरुको अवस्था सुधार्नु पर्छ ।”
मन्त्री किरातीले सोमबार विहान झापाको दमक लगायत स्थानमा जनभेटघाट गर्दै इलामको माङसेबुङ जाँदैछन् ।