किरात गोल्डकप : झापा सेमिफाइनलमा

  नयाँ बुलन्द
273 Shares

पाँचथर : श्याम मुर्मुको गोलमा विर्तामोड युनाइटेड झापा पाँचथरमा जारी प्रथम किरात गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको खेलमैदानमा आइतबार भएको खेलमा रेडहर्स क्लबलाई १-० को कठिन जित निकाल्दै विर्तामोडले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको २२ औं मिनेटमा मुर्मुले गरेको गोल नै झापाको जितका लागि पर्याप्त भएको थियो ।

विर्तामोडले फाइनल प्रवेशका लालि कणर्सिं सोनाम स्मृति क्लब र हिमालय शेर्पाबिचको बिजेतासँग खेल्नेछ ।

बेस्ट प्रेयर अफ दी म्याच विजेता विर्तामोडका मुर्मु घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको तेस्रो खेलमा सोमबार डाँगीहाट फुटबल क्लब मोरङले विदेशी टिम दार्जिलिङ युनाइटेट क्लब भारतको सामना गर्नेछ ।

प्रतियोगिताको विजेता टिमले नगद चार लाख चार हजार चार सय ४४ रुपैयाँ र उपविजेता टिमले नगद दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ पाउनेछन् । उत्कृष्ठ खेलाडीलाई १० हजार र म्यान अफ दि सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

फिदिम माविको खेलमैदानमा प्रतियोगिताको फाइनल २३ मंसिरमा हुनेछ । प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठवटा टिमले भाग लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार