इलाम : तिजोक युवाक्लब पाँचथर इलामको माङसेबुङमा संचालित १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको च्याम्पियन बनेको छ ।
आइतबार माङसेबुङ गाउँपालिका-५ आत्मानन्द रंगशालामा भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोक च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा समेत ५(५ गोलको बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो ।
विजेता तिजोकले नगद तीन लाख ११ हजार एक सय ११ र उपविजेता माङसेबुङले नगद दुई लाख पाँच हजार एक सय ११ रुपैयाँसहित ट्रफि हात पायो । तिजोक अघिल्लो संस्करणमा उपविजेता बनेको थियो । अघिल्लो संस्करणमा तिजोक छथर गाउँपालिका तेह्रथुमसँग पराजित बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट डिफेण्डर विजेता तिजोकका रोशन आङदेम्बे, उत्कृष्ट गोलकिपर रोशन नेपाल, सर्वाधिक गोलकर्ता निर्देश राई घोषित भए । त्यस्तै उत्कृष्ट खेलाडी उपविजेता माङसेबुङका रबिन मगर र उदयीमान खेलाडी उपविजेता माङसेबुङका चन्द्रहाङ लिम्बू घोषित भए । उनीहरुले जनही नगद पाँचरपाँच हजार प्राप्त गरे ।
विजेता र उपविजेता टिम र खेलडीहरुलाई नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले पुरस्कृत गरे । खेलको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमले गरेको थियो ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आत्मापवित्र हक्चात यक्चुमको आयोजनामा ८ मंसिरदेखि संचालित गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता थियो ।
माङसेबुङ गाउँपालिका र तिजोक पाँचथरबीचको फाइनल खेलको पूरा भिडियो हेर्नुहोस् :