विराटनगरलाई आत्मानन्द कप भलिबलको उपाधि

  नयाँ बुलन्द
371 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका-५ मा आयोजित आत्मानन्द कप भलिबल प्रतियोगिताको उपाधि केपीसी विराटनगर मोरङले जितेको छ ।

प्रस्तावित आत्मानन्द खेल मैदानमा शनिबार भएको फाइनल खेलमा भद्रपुर नगरपालिका झापालाई ३-१ को सेटमा हराउँदै बिराटनगरले उपाधि उचालेको हो।

बेस्ट अफ फाइभको आधारमा भएको खेलमा खेलिएका ४ सेटमध्ये विराटनगरले ३ सेट आफ्नो पोल्टामा पारेको थियो । विराटनगरले २६–२४, २७-२५ र २५-१६ को सेट जितेको थियो भने भद्रपुरले २५-१९ को एक सेट जितेको थियो ।

विजेता बनेको विराटनगरले नगद ७० हजार एक सय ७० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उता उपविजेता बनेको भद्रपुरले नगद ३५ हजार एक सय ७० रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।

यसैगरि प्रतियोगिताको उत्कृष्ट सेटर विजेता राटनगरका विशाल राई, उत्कृष्ट ब्लकर उपविजेता भद्रपुरका अनिश निरौला, उत्कृष्ट लिवेरो विजेता विराटनगरका युगल मगर र उत्कृष्ट स्पाईकर उपविजेता भद्रपुरका धनु श्रेष्ठ घोषित भएका छन् । उनीहरुले नगद पुरस्कारसहित मेडल र प्रमाण प्राप्त गरेका छन् ।

विजेता र उपविजेता टिमलाई किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ र उपाध्यक्ष होम लिङदेनले पुरस्कार वितरण गरेका थिए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा आत्मापवित्र हक्चात यक्थुमले यसवर्षदेखि आत्मानन्द कप भलिबल सुरु गरेको हो । बिहीबारदेखि सञ्चालित प्रतियोगितामा ८ टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार